14 C
Birgunj
Homeसमाचारस्थानियबालविवाह र दाेइजाेप्रथा नियन्त्रणकाे लागि समाजिक बहिस्कार जरुरी छ : अध्यक्ष साह

बालविवाह र दाेइजाेप्रथा नियन्त्रणकाे लागि समाजिक बहिस्कार जरुरी छ : अध्यक्ष साह

वीरगंज, २५ भदाै ।
कालिकामाई युवा समाजकाे आयाेजनामा शनिबार वीरगंजमा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे रानिघाटस्थित सत्यम कलेजमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजमा रहेकाे कुरुती हटाउन जरुरी रहेकाे वताए ।

कार्यक्रमलाई प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै अध्यक्ष साहले बालविवाह र दाेइजाे प्रथा नियन्त्रणकाे लागि समाजिक बहिस्कार जरुरी रहेकाे वताए । उनले बालविवाह र दाइजाे लिएर गर्नेमा विवाह हामीले बहिस्कार गर्नु पर्ने धारणा राखे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष साहले यसका साथै बालविवाह गर्नेकाे जम्मदर्ता, विवाह दर्ता लगायकाे सिफारिसमा राेक लगाएर गए नियन्त्रण गर्न सकिने वताए ।

सत्यम कलेजका निर्देशक संजय यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कालिकामाई गाउँपालिकाका उपाध्यक्षकी प्रतिनिधि राधाकिशुन प्रसाद चाैरसिया, बाबा बि फिल्ड प्राेडक्सनकी कलाकार साेमिया पाेखरेल, निर्देशक कृष्ण पण्डित, संताेष साह, प्रिया मिश्र, कालिका एकेडमीका संचालक जय प्रकाश चाैरसिया लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन युवा समाजका आकाश चाैरसियाले गरेका थिए भने स्वागत मन्तव्य युवा समाज कै सुजित कुशवाहले राखेका थिए ।

कार्यक्रममा बालवाह र दाइजाे प्रथा विरुद्ध काम गर्ने विभिन्न संघ संस्था, कलाकार र व्यक्तिहरुलाई सम्मान गरिएकाे थियाे । युवा समाजका साबिर मियाँ, राकेश साह, शेखर पटेल, राजेश कुशवाहा, विशाल कुशवाहा लगायतकाले खादा र अविरकाे टिका लगाएर कदर पत्रले विभिन्न व्यक्ति र संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here