बिनोद पटेल
पर्सा ,९भदौ बिहिवार । बिरगन्जको मुटुमा रहेको श्री नृर्सिहं मन्दिर को संरक्षण समिती को बैठक ले बिहीवार का दिन श्री कृष्ण जन्मअस्ठमी छटियार उत्सव पर्वको अवसर मा उपस्थित जनसमुदाय तथा मन्दिर संरक्षण ब्यवस्थापन समिती का नि:बर्तमान अध्यक्ष देवनाथ उपाध्या को प्रमुख आथित्यमा बैठक बसि विभिन्न विषयमा छलफल गरि बिरगंज महानारपालिका मा रहेको नृर्सिहं मठ
पिपराको नयाँ संचालक समितिको अध्यक्ष मा सर्बसहमी बाट एल.एस न्युरो एन्ड जेनर होपिटलका संचालक रामप्रबेश प्रसाद कुर्मी लाई सर्वसहमी बाट चयन गरेको छ ।कार्यक्रममा मन्दिर का पुजारी बाबा श्री सुदर्शसनाचार्य , नागा नारायण राउत, पुर्व बाडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी , जयमङल कापर,मोहन साह कानु, शिवसन्कर यादव, असेशर पटेल, मोहिपाल पटेल, सुनिलकुमार साह,जितेन्द्र पटेल,अभय पटेल लगाएत ४१ जनाको उपस्थि
थि रहेको थियो । एल.एस.न्यूरो एण्ड जेनरल होस्पिटलका प्रबन्ध निर्देशक रामप्रबेश प्रसादको बिशेष सहयोगमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बीरगंज महानगरपालिका बड़ा नम्बर १४ स्थित श्री नृर्सिहं मन्दिर पिपरामठमा आज बिहीवार का दिन बृहत धार्मिक संस्कृति कार्यक्रम, तथा प्रसाद बितरण तथा सामाजिक र धार्मिक कार्यमा योगदान पुर्याएका ब्यक्तित्व लाई एल.एस.न्यूरो एण्ड जेनरल होस्पिटलका संचालक वरिष्ठ न्यूरो सर्जन डा. श्यामबाबू प्रसादका बुवा समाजसेवी सतन राउत कुर्मीले गामछा तथा अबिर लगाई सम्मान गरेका थिए। मन्दिर को पुर्वधार संरक्षण को लागि समिती को अर्को बैठक बसि समाजका अगुवाहरुको विशेष सल्लाह र सुझाव ले मन्दिर को पुर्वधार को बिषय मा बृहत् छलफल गरि कार्यहरु अगाडी बढाउने अध्यक्ष कुर्मिले बताए । साथै संचालक समिति को बिबिध मा छलफल हुदा नर्सिह मठ पिपरा समितिको पुर्णता पछी समितिको बैठक नियमितरुपमा हरेक १५ दिनमा पर्ने सनिवार का दिन बैठक बसि नयाँ नया कार्याआयोजनाहरु गर्ने अध्यक्ष कुर्मी ले बताए।