21.5 C
Birgunj
Homeसमाचारस्थानियनेपाल मेडिसिटी बयोधा अस्पतालमा शिशु स्तनपान अन्तरकृया क्लास संचालन हुने

नेपाल मेडिसिटी बयोधा अस्पतालमा शिशु स्तनपान अन्तरकृया क्लास संचालन हुने

बिनोद पटेल
श्रावण २२ आइतबार
बिरगंज स्थित नेपाल मेडिटिसी बयोधा अस्पतालले आयोजना गरेको शिशु स्तनपान सप्ताहको अवसरमा आज
विभिन्न विद्यालयका शिक्षिकाहरुसंग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाई जनचेतना अभिबृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी
बयोधा अस्पतालले पनि निरन्तरता दिने भएको छ । बिरगंज मा रहेको दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल तथा अस्पतालमा उपचारार्थ आएका महिलाहरुलाई समेत सो कार्यक्रममा सहभागी गराईएको थियो ।
अस्पतालका बाल रोग विशेषज्ञ डा. आनन्द रौनियारले स्तनपानको फाईदा,तथाआवश्यकता को बारेमा आमा र बच्चाको
स्वास्थ्यमा निरन्तर स्तनपानको महत्वको बारेमा जानकारी गराएका थिए । साथै अस्पतालको एसिस्टेन्ट नर्सिङ्ग
सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरीका तथा स्तनपान गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा उपस्तिथि महिलाहरुलाई सिकाउनु भएको थियो ।
कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पताल का प्रमुख विजय रिमाल ले भने अस्पतालले अब महिला गर्भवती भएपछि
आवश्यक पर्ने प्रिनटल क्लास तथा हेल्दी बेबी क्लिनिकको शुरुवात समेत गर्न लागेको उनले बताए। यस बाट गर्भवती
महिलाहरुको खानपान, दैनिक ब्यायाम, जीवनशैली, स्वास्थ्यमा दिनु पर्ने ध्यान, बच्चा डेलिभरी हुंदा अपनाउनु
पर्ने कार्यहरु तथा बच्चा भईसकेपछि बच्चाको हेरचाहको बारेमा पूर्णरुपमा जानकारी हुने समेत अस्पताल का प्रमुख रिमाल ले बताए ।
कार्यक्रममा, अस्पतालका बरिष्ठ फिजिसियन डा. अभिषेक सिंह, स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. रुविना
ताम्रकार गुरुङ्ग, अस्पतालकी क्लिनिकल कोर्डिनेटर डा. स्वेता झाको समेत उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here