बिरगंज , असार ३२ गते शनिबार ।
बिरगंज महानगर पालिका वडा न.२४ रामगढ़वामा अवस्थित श्री सोमेशवर नाथ महादेव मंदिरको जग्गा आज एक कार्यक्रम बीच जग्गा धनी बिरगंज-२४ रामगढ़वा निवासी स्व. गोरख राउत कुर्मिका सुपुत्र पन्नालाल प्रसाद कुर्मिले ६धुर लगभग ३५ लाख मूल्य भएको सो जग्गा सोमेशवरनाथ महादेव मंदिर संरक्षण समितिको नाममा हस्तान्तर गर्नु भएको हो।
मंदिर संरक्षण समितिका अध्यक्ष पन्नालाल प्रसाद कुर्मीको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह ,बिशिष्ठ अतिथिमा बिरगंज वडा न. २४ का बड़ा प्रमुख बिजय पटेल,अथितिमा हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेल,नेपाल विश्व हिन्दू महासंघका केंद्रीय महासचिव अभिषेक तिवारी,विश्व हिंदू परिषद नेपाल पर्सा जिल्लाका उपाध्यक्ष शम्भू महतो थारू,अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, जसपाका युवा नेता रामानन्द पटेल , निबर्तमान बड़ा अध्यक्ष दसरत पटेल,अधिवक्ता बिनोद पटेल ,पत्रकार राजेश मिश्र, राजेन्द्र सिंह,वरिष्ठ सामाजिक अभियंता प्रकाश थारू,हरिहर पुर काफला काँवरिया संघ पर्साका प्रमुख पंडा अजय त्रिपाठी ,रंजीत पटेल , समाजसेवी मदन प्रसाद चौरसिया, पशुपति साह तेली,लक्ष्मण प्रसाद चौरसिया, रामबालक प्रसाद कुर्मी , बैजनाथ प्रसाद चौरसिया, पवन कुमार गुप्ता ,पारश प्रसाद कुर्मी,अवधलाल प्रसाद,लक्ष्मण प्रसाद कुर्मी ,अम्बिका राउत कुर्मी लगायत रामगढ़वा अगुवा ,बुद्धिजीवि, युवा,रामगढ़वा एकता क्लबका सम्पूर्ण टीमको सहभागिता रहेको थियो।
मंदिरको नाममा आफ्मो निजी जग्गा दान गर्ने पन्नालाल प्रसाद कुर्मीलाई नागरिक समाज रामगढ़वा तथा मंदिर संरक्षण समितिको तर्फबाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, हिंन्दू परिषद नेपालका अध्यक्ष संतोष पटेल,उपाध्यक्ष सीताराम पटेल,कोषाध्यक्ष काजी प्रसाद कुर्मिले दोसल्ला ओढाई कदर पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो भने मंदिर निर्माण कार्यमा आर्थिक रुपमा सहयोग गर्नु भएका मदन प्रसाद चौरसिया, पशुपति साह तेली,पवन कुमार गुप्ता,बैजनाथ प्रसाद चौरसिया, लक्षमण प्रसाद चौरसिया,अशोक लाठ, जगरनाथ प्रसाद कुर्मी,जंगली राउत कुर्मी,बिजय पटेल,रामबालक प्रसाद कुर्मी लगायत लाई संस्थाका अध्य्क्ष पन्नालाल प्रसादले कदर पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो।
यस कार्यक्रमको संचालन संस्थाका सचिव कन्हैया पटेलले गर्नु भएको थियो भने स्वागत मंतब्य नागरिक समाजका तर्फ बाट सामाजिक अभियंता प्रकाश थारुले गरेका थिए।