27.4 C
Birgunj
Homeसमाचारस्थानियदेश बिकासको निमिति "राष्ट्रिय स्वतन्त्र पत्रकार संघ नेपाल" घोषणा

देश बिकासको निमिति “राष्ट्रिय स्वतन्त्र पत्रकार संघ नेपाल” घोषणा

बारा,कलैया असार २५ गते।

वरिष्ठ एंकर एवं पत्रकार आनन्द शर्माको अध्यक्षतामा “राष्ट्रिय स्वतन्त्र पत्रकार संघ नेपाल” नामक स्वतन्त्र पत्रकारहरुको छाता संगठन बारा जिल्लाको सदरमुकाम कलैया स्थित जी न्यूज नेटवर्कको सभाहलमा एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको छ ।

आनन्द शर्माको अध्यक्षतामा गठन भएको “राष्ट्रिय स्वतन्त्र पत्रकार संघ नेपाल” को उपाध्यक्षमा चन्दन पटेल, कोषाध्यक्षमा संदिप शर्मा, महासचिवमा अरुण कुशवाहा, सह – महासचिवमा बिनोद प्रसाद पटेल, सदस्यमा आरती ठाकुर, अनिल प्रसाद चौधरी लगायत ९ सदस्यीय केन्द्रिय कमिटी गठन गरिएको छ । यो संघ कुनै पनि राजनीतिक पार्टी संग आबद्ध नरहेको समेत शर्माले बताए ।

नेपालको पत्रकारहरु मात्र ईमानदार भइदियो भने नेपालको उन्नति र प्रगति कसैले रोक्न सक्दैन । आज भोलि प्राय जसो सबै पत्रकारहरु कुनै न कुनै राजनीतिक पार्टीको वर्गीय तथा भातृ संगठनको पत्रकार रहेका छ्न । त्यसैले भ्रष्टाचारी हरुलाई तह लगाई देश बिकासको निम्ति अग्रिम भुमिका निर्वाह गर्न स्वतन्त्र पत्रकारहरुको छाता संगठन ” राष्ट्रिय स्वतन्त्र पत्रकार संघ नेपाल ” गठन गरेको अध्यक्ष आनन्द शर्माले बताए ।

२०७९ श्रावण ५ गते देखि स्वतन्त्र पत्रकारहरुको छाता संगठन ” राष्ट्रिय स्वतन्त्र पत्रकार संघ नेपाल ” को सदस्यता लिन चाहने इच्छुक संचारकर्मीहरु सदस्यता लिन सक्नेछ्न र देश बिकासमा आफ्नो भुमिका निर्वाह गर्न सक्नेछ्न भनी अध्यक्ष शर्माले बताएका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here