31 C
Birgunj
spot_img

ठूलो परिमाणमा पर्सा प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ

वीरगन्ज , २३ असार ।पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नं. ११ निवासी २७ वर्षीय विजेश कुमार यादव तथा भारत विहार पूर्वी चम्पारण ापलडवा बस्ने ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार विहान करिब ८ः३० बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुरको बाटोमा युपि २१ ए.एन. ९९५७ नम्बरको भारतीय ट्रकलाई रोकेर चेकजाँच गर्दा २७० केजी लागु औषध गाँजा बरामद भएको थियो । ट्रक चालक बस्ने क्याबिनमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उक्त लागु औषध गाँजा बरामद गरेको थियो ।
बरामद गरिएको लागु औषध गाँजा सहित ट्रक एवं ट्रकमा सवार दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागुऔषध मुद्दा कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here