23.6 C
Birgunj
Homeसमाचारस्थानियपर्साका ५ पालिकाका निमित हाकिम, जसले कमिशन विनाकाे कुनै काम गर्दैनन्

पर्साका ५ पालिकाका निमित हाकिम, जसले कमिशन विनाकाे कुनै काम गर्दैनन्

बिनोद पटेल                                                 वीरगंज, १६ असार  ।

पर्साकाे ५ पालिका निमित प्रमुख प्रशासकिय अधिकृतकाे भरमा संचालनमा रहेकाे छ । लामाे समयदेखि ३ नगरपालिका र २ गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृतकाे भरमा संचालनमा रहेकाे हाे ।

पैसा खुवाएर निमित प्रमुख प्रशासकिय अधिकृत बनेकाहरु बिना कमिशनकाे कुनै काम नगर्ने गरेकाे पालिकाबासीहरुले गुनासाे गरेका छन् ।

पाेखरिया नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अशाेक राैनियार, बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती, पर्सागढी नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव, पकाहा मैनपुर गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदी र छिपहरमाई गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद साहले कमिशन बिनाकाे कुनै काम नगर्ने गरेकाे पालिका बासीकाे गुनासाे छ ।

पाेखरिया नगरपालिका निमित हाकिम बनेका अशाेक राैनियार शिक्षा क्षेत्रकाे कर्मचारी हुन् । नियम अनुसार पालिकाकाे हाकिम प्रशासन शाखाकाे अधिकृत स्तरकाे कर्मचारी मात्र बन्न सक्छन् । तर उनी पावरकाे बलमा लामाे समयदेखि निमित हामिक बनेर पालिका चलाउँदै आएका छन् ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय बारामा कार्यरत रहँदा राैनियार त्याँहा पनि खुब भ्रष्टाचार गरेका थिए । भ्रष्टाचारमा नाम कमाएका उनी सुरुमा धाेबिनी गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत भए । त्यहाँ पनि उनी धेरै नियम विपरित काम गरे पैसा कमाए । आर्थिक मसान्त अन्त्यमा त्यहाँ फुल हामिकमकाे सरुवा भएपछि त्यहाँबाट उनी अन्य कर्मचारीलाई नियम विपरित काम गरे वापत कमाए पैसाबाट हिँसा नदिई  अन्य पालिकाकाे हाकिम बन्न मन्त्रालय पुगे ।

सुरुमा पैसा र पावरकाे भर पुन: धाेबिनी कै हाकीम बन्न उनी चाहेपनि त्याे प्रयास उनकाे सफल हुन सकेन । त्यसकाे केही दिनपछि मात्र जनप्रतिनिधि र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई माेटाे रकम खुवाएर पाेखरिया नगरपालिका निमित हाकिम बन्न सफल भए । त्यसपछि पाेखरियामा उनी कमिशन विनाकाे कुनै काम गर्दैन् । पैसा दिए चाँडै कुनै काम गरिदिने, नदिए लामाे समय सम्म नगर्ने गरेका छन् ।

अधिकांश कार्यालय समयमा उनकाे माेबाइल अफ नै रहन्छन् । माेबाइल अन रहे पनि मेयर, नजिककाे मान्छे र ठेक्दार वाहेककाे फाेन उनी उठाउँदैनन् ।

यसैगरी बहुदरमाई नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत बिदुर उप्रेती स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । उनी हाकिम हुनु अघि बहुदरमाई नगरपालिका कै स्वास्थ्य संयाेजक थिए । प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा भएपछि तत्कालिन नगरपालिकामा मेयर र मन्त्रालयमा माेटाे रकम खुवाएर उनी हाकिम बन्न सफल भए ।

त्यसपछि बहुदरमाई नगरपालिकामा अन्य प्रमुख प्रशासकिय अधिकृतकाे सरु भएपनि उनी मेयरलाई माेटाे पैसाकाे प्रवाहमा पारी हाजिर हुन्न दिन्न र नगरपालिकामा कुनै पनि काम विना कमिशनकाे गर्दैनन् ।

त्यसैगरी पर्सागढी नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत भरत यादव स्थानिय तहका कर्मचारी हुन् । जसलाई नियम संवत पालिकाकाे हाकिम बन्न मिल्दैन् । तर उनी पनि पैसा र पावरकाे बलमा बन्न सफल भएका छन् ।

तत्कालिन जिल्ला बिकास समिति बारामा कार्यरत रहेका बेला त्यहाँ पनि उनि भ्रष्टचार आराेपमा नाम कमाएका कर्मचारी हुन् । उनी पर्सागढी नगरपालिकाका तत्कालिन मेयरलाई माेटाे रकमकाे प्रभावमा पारी हाकिम बन्न सफल भएका थिए । त्यसपछि हाल सम्न उनी त्यही कार्यरत रहेका छन् । उनी पनि कमिशन विनाकाे कुनै काम गर्दैनन् र कमिशन आए जनप्रतिनिधिलाई जानकारी विना कै कुनै पनि काम गरिदेने गरेकाे नगरपालिका स्राेतले जनाएकाे छ ।

यसैगरी पकहा मैनपुर गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदी पनि स्थानिय तहका कर्मचारी हुन् । उनी निमित हाकिम भएपनि आफ्नाे नाम अगाडी निमित पनि लेख्दैनन् । यसअघि उनी जितपुर सिमरा उप महानगरपालिकामा कार्यरत थिए ।

त्यहाँबाट तत्कालिन गाउँपालिका अध्यक्षलाई माेटाे रकम खुवाएर पकहा मैनपुरका निमित हाकिम बन्न उनी सफल भए । त्यसपछि उनि कमिशन लिएर जस्ताे सुकै निमय विपरित काम गर्दै आएका छन् । हालका जनप्रतिनिधिहरुले उनलाई मन नपराए पनि उनी त्याँहाबाट पावरकाे बलमा जान मानेका छन् । उनी आफुलाई मन्त्रालयमा समेत पैसा खुवाउने गरेका कारण आफुलाई कसैले हटाउन नसक्ने आफ्नाे नजिककालाई भन्ने गरेका छन् ।

उनि पनि कमिशन विनाकाे कुनै काम गर्दैनन् । पैसा दिए जस्ताे सुकै काम गरिदिने, नदिए विभिन्न किसिमकाे बहानाबाजी गर्ने उनकाे बानी रहेकाे छ ।

यसैगरी छिपहरमाई गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत शम्भु साह स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । उनी हाकिम हुनु अघि छिपहरमाई गाउँपालिका कै स्वास्थ्य संयाेजक थिए । त्यहाँबाट प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा भएपछि उनी गाउँपालिका अध्यक्षलाई माेटाे रकमकाे प्रभावमा पारी हाकिम बन्न सफल भएकाे वताइन्छ । उनी पनि कमिशन विनाकाे कुनै काम गर्दैनन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here