21.5 C
Birgunj
Homeसमाचारस्थानियपर्सामा प्रहरी कै संरक्षणमा तस्करीदेखि जुवा सम्म

पर्सामा प्रहरी कै संरक्षणमा तस्करीदेखि जुवा सम्म

वीरगंज, १४ असार ।
पर्सामा प्रहरी कै सलंग्नतामा अवैध गतिविधि फस्टाएकाे छ । प्रहरी कै सलंगन्तामा तस्करीदेखी जुवा तास समेत हुने गरेकाे स्थानियहरुकाे भनाई छ ।
लामाे समयदेखि जिल्ला प्रहरी कार्यालय पर्साकाे क्राइम शाखाकाे संरक्षणमा वीरगंजकाे मूर्लीमा हुँदै आएको जुवा अब ग्रामिण भेगमा सरेकाे छ । स्थानिय चुनावकाे बेरा केही दिन मात्र रुकेकाे जुवा अब बहुदरमाई नगरपालिकाकाे वडा नं. १ बिश्रामपुरमा हुने गरेकाे छ ।

बिश्रामपुरमा स्थानिय रबिन्द्र कुशवाहाले जुवा खेलाउदै आएका छन् । जुवा खेलाउनकाे लागि प्रहरी र पत्रकारलाई मिलाउन दलाल मार्फत २५ लाखकाे डिल भएकाे स्राेतकाे दाबी छ ।

बिश्रामपुरमा पर्सा, बारासहित सिमावर्ती भारतका पनि जुवाडेहरु जुवा खेल्न आउने गरेका छन् । बिश्रापुरस्थित १ दिन, दुई दिनमा घर परिवर्तन गरेर जुवा हुने गरेकाे छ । जुवा खेल्ने आउनेहरु लाखाैंकाे जुवा खेल्ने गरेका छन् । यी कुरा प्रहरीलाई थाहा हुँदा पनि केही गर्न नसक्नुले प्रहरीकाे संरक्षण रहेकाे स्थानिय बुद्धजिवीकाे भनाई छ ।

यसैगरी प्रहरी कै मिलाेमताेमा पर्सामा इतिहास कै ठूलाे तस्कारी हुने गरेकाे छ । वीरगंजकाे वभिन्न नाकासहित पर्साकाे ग्रामिण भेगकाे विभिन्न नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी कै मिलाेमताेमा खुल्याम तुस्करी हुने गरेकाे स्थानियहरुले जनाएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here