14 C
Birgunj
Homeसमाचारस्थानियमधेस प्रदेश का सन्चारकर्मीको हौसला बढाउन मिडिया अवार्ड प्रदान गरिने

मधेस प्रदेश का सन्चारकर्मीको हौसला बढाउन मिडिया अवार्ड प्रदान गरिने

बारा कलैया ७ असार मंगलबार । मधेस प्रदेश का सन्चारकर्मीको हौसला बढाउनको लागि मधेस प्रदेश मिडिया अवार्ड प्रदान गरिने भएको छ।

बाराको  कलैया स्थित नेपाल इन्स्टिच्युट  अफ मास कम्यूनिकेशन प्रालिगरेको कार्यक्रम मा यस मधेश प्रदेश मा विभिन्न  मिडिया सङ्ग आव्द भइ काम गर्दै आएका कृया सिल संचारकर्मीहरुलाई अवार्ड्स प्रदान  गर्ने भएको छ । कलैया मा रहेको  होटेल करण राज प्यालेसमा मंगलबार पत्रकार सम्मेलन गरेर इन्स्टिच्युटका   अध्यक्ष आनन्द शर्माले बताए ।  असार २५ गते कलैयामा एउटा नाया तथा भब्य ढंगले कार्यक्रमको  आयोजना गरेर अवार्ड प्रदान गरिने शर्मा ले जानकारी गराए ।  नेपाल इन्स्टिच्युट अफ मास कम्यूनिकेशन प्रालि. २०७८ सालमा स्थापना भई २०७८ फाल्गुन ०१ देखि बिधिवत रुपमा सुचारु भएको संस्था हो ।  यो मिडिया अवार्ड  मधेश प्रदेश कै पहिलो मिडिया अवार्ड हुने शर्मा  बताए । मुख्यमन्त्री   लालबाबु राउतको   प्रमुख अतिथ्यतामा  हुने अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रशारण  ५ वटा टेलिभिजन र २० वटा भन्दा बढी एफएम रेडियोबाट  गरिने उनले बताए ।

संचारकर्मीहरुको कार्यको उचित मुल्यांकन गर्नको लागि, संचारकर्मीहरुको कार्यको मुल्यांकन गरि उत्कृष्ट संचारकर्मीहरुलाई सम्मानित तथा उनीहरुको हौसला बढाउनको लागि यो अवार्ड वितरण कार्यक्रमको  आयोजना गर्न लागिएको उनले बताए ।

 

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here