वीरगन्ज जेठ ३० सोमबार । वीरगन्ज महानगरपालिकाको कार्यालयमा दैनिक ज्यालादारीमा काम गर्दै आईरहेका कर्मचारीहरुको जागीर चट भएको छ।
सोमबार महानगरपालिकाले एक सुचना निकालेर दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुलाई असार १ गतेदेखि बाट अर्को सुचना न भएसम्मा काम काजमा न आउन आदेश गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको कार्यालय, महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमाहरुमा मिति २०७८ बैशाख देखि न्युक्ति लि दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई अर्को सुचना नआउन्जेल सम्मको लागि आगामी असार १ गतेदेखि जागिरबाट हटाइएको मा काम काजमा नआउन पत्रमा निर्देशन दिइएको छ।