23.6 C
Birgunj
Homeसमाचारस्थानियविधुत प्राद्यिकरण वीरगन्ज वितरण केन्द्र अगाडि धर्ना

विधुत प्राद्यिकरण वीरगन्ज वितरण केन्द्र अगाडि धर्ना

वीरगन्ज  जेठ ३० सोमबार ।  गर्मी मौसममा अनियमित लोडसेडिङ गरेको भन्दै लोसपाले आज नेपाल विधुत प्राद्यिकरण वीरगन्ज वितरण केन्द्र अगाडि धर्ना दिएका छन् ।  गर्मीसँगै वीरगन्जमा अनियमित लोडसेडिङको कारण नगरबासीले सास्ती भोग्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी पर्साले धर्ना तथा प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
धर्नामा सहभागीहरुले अनियमित लोडसेडिङ बन्द गर, विधुत प्राधिकरणको लापरवाही बन्द गर लगायतका नाराबाजी गरेका थिए । नेपाल विधुत प्राद्यिकरणले उत्पादन भएको विधुत खेर जाने हुँदा भारतमा निर्यात गर्न थालेको छ । तर वीरगंजमा पटक पटकको विधुत कटौतीले यँहाको व्यवासयिक क्षेत्रमा नकारात्मक असर पर्दै गईरहेको छ भने स्थानीयबासीलाई रातमा अझ बढी सास्ती व्यवहर्नु परेको छ ।
लोसपा वीरगन्ज महानगरका अध्यक्ष ओम प्रकाश सर्राफले घण्टौसम्म अघोषित लोडसेडिङले वीरगन्जबासी मारमा परेको बताएका छन । उनले विधुत प्राद्यिकरणकै लापरवाहीका कारण नगरबासीको जनजीवन प्रभावित भईरहेको भन्दै समस्याको समाधानका बारेमा विधुत प्राद्यिकरण वीरगंजका प्रमुख जितेन्द्र झालाई भेटेर ध्यानाकर्षण गराएको जानकारी दिए ।
यता विधुत प्राधिकरणका वीरगन्ज शाखाका प्रमुख झाले लोडसेडिङको समस्या केन्द्रबाट नै भएको बताउँदै विधुत आपूर्तिमा भईरहेको समस्याका समाधान गरि नागरिकलाई सहज रुपमा विधुत उपलब्ध गराउने आश्वासन दिए ।
लोसपा वीरगन्ज महानगरका अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्वमा भएको धर्ना कार्यक्रममा युवा नेता राजेश साह, कृष्ण गुप्ता, महिला नेतृ अंजना गुप्ता, रेखा सर्राफ, समाजिक अभियन्ता सागर सर्राफ, वृजेश चौधरी लगायतको उपस्थिति  थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here