16.4 C
Birgunj
Homeसमाचारप्रदेशलक्षमण प्रसाद कुर्मीले दिए जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ को मतगणना...

लक्षमण प्रसाद कुर्मीले दिए जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ को मतगणना बदर गरी पुनः मतगणना गराउने

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ नवनिर्वाचित वडा अध्यक्ष कार्यभार सम्भालेको २४ घण्टा नवित्दै उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जले वडा अध्यक्षको हैसियतले कुनै काम कार्यवाही नगर्न अन्तरिम आदेश दिएको छ ।

एक मतले विजयी भएका वडा नम्बर ६ का अयोध्या प्रसाद कुर्मीलाई उच्च अदालतले वडा अध्यक्षको हैसियतले कामकार्यवाही नगर्नु, नगराउँनु भनि अन्तरिम आदेश जारी गरेको हो । अयोध्याबाट एक मतले वडाध्यक्षमा पराजित भएका लक्षमण प्रसाद कुर्मीले दिएको मतगणना बदर गरी पुनः मतगणना गरी पाउँ मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको इजलास नं. ४ का न्यायाधिश सीताराम मण्डलको एकल इजलाशले जेठ २० गते पेशी समेत तोकी यस्तो आदेश दिएको हो ।

निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा समेतका विपक्षीहरुसंग अदालतले यसमा के कसो भएको हो ? निवेदकको निवेदन माँग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए खुलाई लिखित जवाफ समेत मागेको छ ।

यसका साथै जगरनाथपुर गाउँपालिका वडा नं. ६ को मतगणना सम्बन्धि आवश्यक कागजात लिई जेठ २० गते हुने छलफलमा विपक्षीहरुलाई उपस्थित हुन अदालतले आदेश समेत दिएको छ । नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयोध्या विजयी भएका थिए । अयोध्याले ९०४ मत पाउँदा उनको निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।

लक्षमण कुर्मीको पक्षले नेकपा एमालेका उम्मेदवारले धाधली गरी जितेको आरोप लगाएको छ । शुरुमा ४ मत बढी ल्याएर विजय भएको उनले दावी गरे । मतगणना स्थलमा हाम्रो पक्षबाट कोहि बोल्ने मान्छे नभएपछि एमालेका प्रतिनिधिहरुले जालझेल गरी १ मत बढीले आफूलाई विजयी घोषणा गराएको हो । हामीलाई कुनैपनि हालतमा मान्य हुदैन, पुन मतगणना गर्न आग्रह गर्दा पनि मतगणना नगरेको हुनाले न्यायको लागि न्यायलयमा गएको उनले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here