बिनोद पटेल बारा बैशाख १० गते सनिवार । बारा को परवानीपुर गाउँ पालिका वाडा नम्बर ५ मा नबनिर्मित एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालि ले आज आफनो नयाँ भवन मा खुल्ला रक्तदानकार्यक्रमको आयोजना गरेको छ ।सो रक्त दान कार्यक्रम मा ३ महिला सहित ४१ जना पुरुषहरूले रक्तदान गरेका छन ।
कार्यक्रम को उद्घाटन एल एस न्युरो एन्ड जेनरल हस्पिटल का अध्यक्ष वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद ले रक्तदान गरि सो कार्यक्रम को उद्घाटन गरेका थिए । खुल्ला रक्तदानकार्यक्रमलाई रक्त संचार बिरगंज का प्राबिधिक राजन श्रीवास्तव, मनिस गुप्ता,जितेन्द्र महतो,राजेन्द्र भट्टराई लगाएतले सहयोग गरेका थिए। रक्तदान गर्ने हरुमा डाक्टर अर्जुन पटेल, सुनिल पटेल, बिरेन्द्र साह,सन्तोष पटेल,बिशनु रिजाल,ईन्द्र प्रसाद साह , दिपक प्रसाद कुर्मी , अर्बिन्द्र कुमार ,सन्जय कुर्मी, रिना कुमारी, सुनिल गुप्ता,हिर्देनरायण साह लगाएत ४४ जनाले रक्तदान गरेका थिए। परवानीपुर गाउँ पालिका ५ मा नबनिर्मित एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्राली को हल मा रक्त दान कार्यक्रम भएको थियो। अहिले बिरगंज का चर्चित वरिष्ठ न्युरो सर्जन डाक्टर प्रसाद ले काठमाडौ मा अवस्थित उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा बिगत ८ बर्ष सम्म सेबा दिएका दिए । डाक्टर उपेन्द्र देवकोटाका बिश्वास पात्र मानिएका डा•श्याम बाबु प्रसाद ले उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गरेका थिए । काठमाडौ पछी बिरगंज को नेशनल मेडिकल कलेज मा वरिष्ठ न्युरो सर्जन को रुपमा ८ महिना जति काम गरे त्यस पछी बिरगंज को पानी टंकी मा अवस्थित सर्बोतम अस्पताल लिज मा लि आफैले अस्पताल का सेवा सुबिधाहरु दिन थालेका थिए । बिगत ५ बर्ष देखि सर्बोतम को भबन मा एल एस न्युरो एन्ड जेनरल हस्पिटल संचालन गर्दै आईरहेका डाक्टर प्रसाद ले अब बारा को कलैया बिरगंज सडक खन्ड अन्तर ऋषभ आयल नीर आफनै नव निर्मित बिल्डिङ्ग मा बैशाख १६ र १७ गते नि : शुल्क स्वास्थ सिबिर कार्यक्रमको आयोजना गरेको छ । १०० बेड मल्टी स्पेसलिस्ट छमता भएको अस्पताल मा न्युरो सर्जरी, न्युरो लोजिस्ट,अर्थोपेडिक्स, मैकसिलो फेसियल,जेनेरल मेडिसिन,तथा क्र्टिकल केयर,प्रशोती रोग विशेषज्ञ , नवजात तथा बाल रोगबिषेशज्ञ समान्य तथा ल्याप्रोस्कोपी शैल्य कृया,नेफ्रोलोजी,युरोलोजी,एनेथिसियो लोजि, छाला बिज्ञान , फिजियो थेरापी ,कार्डियो लोजि,नेत्र रोग, गैस्ट्रोलोजी,हेमोडाईलोसिस, ईन्डोस्कोपी , क्रोनो स्कोपी ,रेक्टो स्कोपी,एक्सरे , सिटिस्क्यान,ईको,युएस जि,एमआर आई,रिह्बलाईटी सेन्टर रोग बिज्ञान जस्तो सुपर मल्टी स्पेस्लिसट यश एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालि ले आउने दिन मा यश मधेस प्रदेश मा स्वास्थ छेत्रमा एउटा छुटै स्थान बनाउने र बिरामी हरुको लागि सस्तो र भरपर्दो सुबिधा सम्पन्न सेवा उपलब्ध गराउने यस एल एस न्युरो एन्ड जेनरल हस्पिटल प्रालि का मेनैजिङ्ग डाईरेक्टर रामप्रबेश प्रसाद कुर्मी ले आजतक दैनिक लाई बताए ।