बारा , बैशाख ३ सनिवार ।
इलाका प्रहरी कार्यालय गण्डक बारा मा आएका प्रहरी प्रमुखले आज सनिबार ईलाका प्रहरी कार्यालयको परिसर मा परिचयातमक कार्यक्रम गरेका थिए । आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न ब्यक्तिहरुसँग सल्लाह सुझाव संकलन गरेका छन् । बैशाख ३ गते इलाका प्रहरी कार्यालय प्रसौनीको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटीले विभिन्न क्षेत्रका अगुवाहरुलाई निम्त्याएर सल्लाह सुझाव संकलन गर्नुको साथै परिचयात्मक कार्यक्रम गरेका थिए।
कार्यक्रममा तरुण द्ल बारा का अध्यक्ष लोकेश सिह , राज किशोर गुप्ता लगाएत विभिन्न क्षेत्रका ब्यक्तिहरुले आ आफ्नो टोल, क्षेत्रको शान्ति सुरक्षाको अबस्था र चुनौतीका वारेमा प्रहरी निरिक्षक बोगटीलाई जानकारी गराएका थिए । नागरिकको सुझाव संकलनपछि बोल्दै प्रहरी निरिक्षक बोगटीले सुरक्षा जन सचेतनाका लागि घरदैलो अभियान चलाउने, लागूऔषध र चोरी नियन्त्रणमा विशेष निगरानी गरिने उनले बताए । नागरिकसँगको सहकार्यमा सान्ती सुरक्षालाई थप मजवुत बनाउने उनले प्रतिबद्धता जनाएका थिए ।
अपराधिक गतिविधि तथा लागू औसद दुर्बेशनि मा फसेकाहरुको लागि सम्पुर्ण नागरिक समाज आफै सचेत हुनुपर्नेमा उनको तर्क थियो । यसै बिच परवानिपुर गाउँ पालिका वाडा नम्बर ५ मा रहेको स्वक्षय समाज युवा कलब का अध्यक्ष भुपेन्द्र पटेल, कोषाअध्यक्ष उमेश साह कानु, सदस्य सरोज यादव, प्रमोद यादव,रन्जित साह,मुर्तुजा आलम लगाएत कलब का पधाधिकारीहरुले प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटी लाई फुल माला लगाई स्वागत गरिएका थिए ।