15.7 C
Birgunj
Homeसमाचारस्थानियनारायणी अस्पताल को इमर्जेन्सी वार्डको प्रयोगशालामा कार्यरत प्राविधिक माथी कुटपिट

नारायणी अस्पताल को इमर्जेन्सी वार्डको प्रयोगशालामा कार्यरत प्राविधिक माथी कुटपिट

वीरगन्ज ९ चैत 
वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । इमर्जेन्सी वार्डको प्रयोगशालामा कार्यरत प्राविधिक वीरगन्ज महानगरपालिका वडा नं. २६ बस्ने अताउल हक र स्वीपर महेन्द्र राउतमाथि सोमबार राति करिब ९ बजेको समयमा कुटपिट भएको हो । सोमबार राति साढे ९ बजेतिर रगत परीक्षणको रिपोर्ट माग्न आएका विरामीका आफन्तले उनीहरु माथि हातपात गरेको नारायणी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार स्वीपर राउत पञ्जा लगाएर सरसफाइको काम गरिरहेको तथा प्राविधिक हक प्रयोगशालामा व्यस्त रहेको बेला रिपोर्ट माग्न आएका विरामीका कुरुवा सहित चार पाँचजनाको समूहले उनीहरुलाई कुटपिट गरेको हो । रिपोर्टका लागि एकैछिन पर्खनुस भन्दा आक्रोशमा आएर गाली गलौज गर्नुको साथै आफूहरुलाई कुटपिट समेत गरेको पीडित कर्मचारीहरुले बताएका छन् ।
कुटपिट घटनामा संलग्नको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कर्मचारी कुटपिट घटनामा संलग्न बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ६ बस्ने २६ वर्षीय आदर्श साह र २० वर्षीय आकाश साह लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु बहिनीको प्रसुति गराउन नारायणी अस्पताल आएका थिए । रिपोर्ट लिने क्रममा स्वास्थ्यकर्मीलाई हातपात गरेको उनीहरु माथि आरोप लागेको छ ।
उनीहरुले प्रयोगशाला भित्रै पसेर कुटपीट गर्दा माइक्रोस्कोप, कम्प्युटर, प्रिन्टर, कुर्सी, ट्युब राख्ने भाँडो लगायतका सामाग्रीमा क्षति पुगेको छ । प्रयोगशालामा झण्डै डेढ लाख बराबरको नोक्सानी भएको  छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here