बिरगंज ३ चैत नेकपा एकीकृत समाजबादी को होली मिलन कार्यक्रम समपन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का भाबी बाडा अध्याक्ष को उमेदवार मुकेश कुमार पटेलले होलि मिलन तथा जेष्ठ नागरीकलाई सम्मान गरेका छन् ।

पटेलको घर नजिक रहेको खुल्ला चौरमा होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा पूर्व राज्य मंत्री,पार्टी का केंद्रीय सचिव नागेंद्र चौधरी, जिल्ला अध्यक्ष बाल गोपाल थापा, पार्टी का बीरगञ्ज महानगर अध्यक्ष, प्रदेश सचीवालाय सदस्य मनोज चौधरी, प्रदेश सदस्य मनोज शर्मा, युवा संघ नेपाल का केंद्रीय सदस्य एवम पर्सा इंचार्ज अनिल पटेल
लगाएतका ले अ आफनो मंतब्य वयक्त गरेका थिए ।
वाडाका बुद्धिजीबी तथा युवा जमातहरुको विशेष शहभागीता रहेको थियो ।होलि मलन कार्यक्रममा वडा का जेष्ठ नागरीकहरुलाई गम्छा तथा अविर लगाई सम्मान तथा शुभकामना अदान प्रदान गरेका थिए ।
जेष्ठ नागरीक पारस कुर्मी, जादू नंदन कुर्मी, गोरख राउत, अंबिका राउत, किसुन् महतो, गणेश कुर्मी, लगायत जेष्ठ नागरिकहरुलाई मुकेश पटेल र अनिल पटेल ले गमछा तथा अबीर लगाई सम्मान गरेका थिए।वडा अध्यक्ष मदन कुर्मी को अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रम सञ्चालन पहलाद कोइराला गरेका थिए।

