23.6 C
Birgunj
Homeसमाचारस्थानियकानु युवा समाज नेपालद्धारा बिरगंजमा होली मिलन कार्यक्रमको आयोजना

कानु युवा समाज नेपालद्धारा बिरगंजमा होली मिलन कार्यक्रमको आयोजना

 

पर्सा, २ चैत

कानु समाज नेपालद्धारा होली मिलन कार्यक्रमको आयोजना गरेको छ । पर्साको विरगंज स्थित टाउन हलमा मंगलवार एक कार्यक्रमको आयोजना गरि कानु समाज नेपालले होली मिलन कार्यक्रमको आयोजना गरेको हो ।
कानु समाज नेपालको अध्यक्ष श्रवन कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नागेन्द्र साह कानु रहेको कार्यक्रममा बारा पर्साका अगुवा स्वजाति समुदायहरुको सहभागिता रहेको थियो ।
होली मिलन कार्यक्रममा आफनो शुभकामना मन्तव्य राख्दै संविधान सभा सदस्य प्रमोद गुप्ताले असत्य माथि सत्यको जित स्वरुप मनाईने होली पर्वले एकताको समेत संदेश दिएको बताए । हामी कानु जाती बहुसंख्यक छौ, तर एकता नभएकोले कमजोर हुदै गएको बताए । अहिलेको हरेक अवस्थामा एक ढिक्का भएर रहने अवस्था भएकोले सबै मिल्नु पर्ने सुझाव दिएका थिए ।
त्यस्तै पुर्व मन्त्री ज्वाला साहले होलीको शुभकामना दिदै सबै जिम्मेवारी मन्त्री, संसदलाई दिएर मात्र नपुग्ने बताए । समय समयमा समाजका अगुवाहरु ग्रास रुटमा भएको कमि कमजोरी औल्याईदिदा समस्याको निराकरण गर्न उत्प्रेरित हुने साहले बताईन ।
बुद्धिजिवि समाज पर्साका अध्यक्ष शम्भु गुप्ताले हरेक तह तप्कामा जातीको कुरा उठने भएकोले कानु जति पनि संगठित हुनुपर्नेमा जोड दिए । कानु जाती एक भए हरेक समस्याको समाधान आफै गर्न सक्ने बताए ।
कार्यक्रममा सुनिल पण्डित, निलम शर्मा लगायतको गायकद्धारा संगेतिक कार्यक्रमले हाली मिलन कार्यक्रम रङ्गमय बनाएका थिए ।
कार्यक्रममा नेकपा एमालेका प्रभु हजरा, बसरुद्धिन अंसारी, अकलेस साह, राजेश गुप्ता, मानिकच साह, रमेश साह, भरत गुप्ता, विरेन्द्र साह, विमला गुप्ता, मदन गुप्ता, विजय गुप्ता, मनोज साह लगायतको सहभागिता रहेका थियो ।
कार्यक्रमको संचालन कानु पत्रकार सँघका अध्यक्ष अजय साहले गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here