वीरगंज, १ चैत । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ काे टिनडाेबिया र रबिदासमा नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । अगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनलाई लक्षित गरि टाेल समिति गठन गर्न सुरु गरिएकाे गाउँ समितिका सचिव रामानन्द ठाकुरले जानकारी दिए ।
टिनडाेबियामा शेषनाथ राउत कुर्मीकाे सभापतित्वमा २३ सदस्यीय टाेल समिति गठन भएकाे हाे । जुन समितिकाे उप सभापतिमा करीमन पटेल शिव प्रसाद कुर्मी, सचिवमा अनिरुद पटेल, दुर्याेदन साह कानु, सचिवमा फिराेज आलम र लालबाबु राउत कुर्मी रहेका छन् ।
यस्तै, रविदासमा ललन राउत गद्दीकाे सभापतित्वमा २३ सदस्यीय टाेल समिति गठन भएकाे छ । जुन समितिकाे उप सभापतिमा भरत राउत अहिर, संदेश प्रसाद यादव, सचिवमा अजय प्रसाद यादव, हेवन्चल प्रसाद यादव, सह सचिवमा दिनानाथ पाल, बह्रमदेव पासवान लगायतका रहेका छन् ।
गाउँपालिका सभापति छठु साह, उप सभापति रजाक राउत गद्दी, सचिव नाजिर हुसेन, सह सचिव जयबालक साह कानु, हिरा पटेल, महाधिवेशन प्रतिनिधि रामप्रसाद चाैहान, वडा नं. १ का सभापति नेजामुदिन मियाँ लगायतकाे विशेष उपस्थितीमा समिति गठन भएकाे हाे । यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ बलुवामा पनि नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । उमाशंकर मुखियाकाे सभापतित्वामा २५ सदस्यीय वडा समिति गठन भएकाे कांग्रेसका स्थानिय नेता संजय साहले जानकारी दिए ।
नव गठित टाेल समितिकाे उप सभापतिमा भिखारी महताे, देवनाथ चाैरसिया, सचिवमा कृष्णा चाैरसिया, अनुठालाल मुखिया, सह सचिवमा मुनि महताे, प्रशुराम मुखिया लगायतका रहेका छन् ।
वडा सभापति सिकेन्द्र देवानकाे सभापतित्व र गाउँपालिका सभापति छठु साहकाे प्रमुख आतिथ्यतामा टाेल समिति गठन भएकाे वडा समितिका सचिव अमरदेव चाैरसियाले जानकारी दिए ।