बीरगञ्ज, फाल्गुण २७,
बीरगञ्ज मेघा कलेज (बीएमसी) आफ्नो स्थापनाकालको छोटो अवधिमा बीएमसी टावरमा सरेर ठूलो फड्को मार्न सफल भएको छ ।
आज एक कार्यक्रमबीच हिन्दु धर्म तथा संस्कृति अनुसार पूजा तथा हवनको आयोजना गरी नेश्नल ट्रेडिङ्गको पछाडि नेपाल पत्रकार महासंघको विपरित, ब्रह्म चौक, बीरगञ्जमा रहेको बीएमसी टावरमा सरेको कुरा बीरगञ्ज मेघा कलेजका चेयरम्यान शम्भुप्रसाद गुप्ताले जानकारी गराए ।
आफ्नो शैक्षिक कार्यतालिका अनुसार अनुकुल तालिम, प्रशिक्षण, खेलकुद, सेमिनार, क्षमता अभिबृद्धि तथा अतिरिक्त कृयाकलाप अन्य थुप्रै गतिविधि गर्न सजिलो होस् भन्ने उद्देश्यले श्री सुरजी देवी स्कूलमा सञ्चालनमा रहेको बीरगञ्ज मेघा कलेज होलि पर्व पछि बीएमसी टावरमा सञ्चालन हुने कुरा कलेजका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानुले बताए ।
हाल बीरगञ्ज मेघा कलेजमा म्यानेजमेण्ट तथा ल विषयतर्फ ११ तथा १२ कक्षाहरु सञ्चालनमा रहेको छ भने आगामि शैक्षिकशत्र देखि अन्य शैक्षिक कार्यक्रमहरु पनि थपिंदै जाने योजना रहेको कुरा प्रिन्सिपल कानुले जानकारी गराए ।
सो भवन पुजनको अवसरमा मुख्य अतिथि नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजरा थिए भने डा. विश्वम्बर शर्मा, डा. संतोष गुप्ता, प्राध्यापक विनोद गुप्ता, समाजसेवि मदन गुप्ता, मुकेश गुप्ता, बुद्धिजीवी परिषद्का रुदल ठाकुर, बीएमसीका कोअर्डिनेटर प्रकाश यादव, गुड्डु साह, विश्वास शाह, मुस्तुफा अंसारी, सम्झना काफ्ले, मेघा ठाकुर, ममता गुप्ता लगायत विभिन्न स्कूलका प्रध्यानाध्यापक, शिक्षकशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।