24.8 C
Birgunj
Homeसमाचारस्थानियवामपन्थी एकतामा लुकेको बेईजिङ स्वार्थ नेपाली जनताले कसरी बुझ्ने

वामपन्थी एकतामा लुकेको बेईजिङ स्वार्थ नेपाली जनताले कसरी बुझ्ने

सत्ता संघर्ष र आन्तरिक राजनीतिले नेकपा बाट फुटेर एमाले र माबोबादी केन्द्र बनेका नेपालका दुई ठुला कम्युनिस्ट पार्टी फेरि नजिकिन सुरु गरेका छन । एमाले अध्यक्ष के पि शर्मा ओलि र माबोबादी अध्यक्ष प्रचण्ड बिछ राजनैतिक समीकरण र चुनाव अघि पार्टी  बिचको कार्यगत एकता अघि बढाउने विषयमा सम्बाद सुरु गर्न थालेका छन ।

फुटपछि भेटघाट र सम्बाद नै बन्द गरेका ओलि प्रचण्ड बिच विभिन्न चरणमा भेट बार्ता भइ सकेका छन। उनिहरुले सम्पर्क माध्यम बाट बढी निकटता बढाइ रहेका छन ।दुई पार्टी  मिलाउन चीनले ठूलो शक्ति लगाइ रहेको छ । विशेष गरेर अमेरिकी सहयता सस्था एम सि सि का कारण पनि ओलि प्रचण्डको निकटता बढेर गयको छ।एम सि सि को बिरोधमा काङ्ग्रेस र एमाले बाहेक सबै कम्युनिस्ट एक ठाउँमा उभिन बाद्य पारेको चिनले पछिल्लो पटक एमाले लाई पनि कुटनैतिक दबाब दिन सुरु गरेको छ।

नेकपा (मावोबादी केन्द्र )नेकपा (एकीकृत समाजबादि) ,मजदुर किसान पार्टी ,रास्ट्रिय जनमोर्चा बिप्लब ,मोहनबेद ,सि पि गजुरेल ,आहुती लगाएतले नेतृत्व गरेका दल र राजनैतिक पार्टी हरुलाइ कुटनैतिक र आर्थिक दबाब मार्फत चिनले एम सि सि को बिरोध मा उत्रन शक्ति प्रयोग गरेको छ।उनिहरु मार्फत चीन नेपालमा एम सि सि विरुद्ध आफ्नो गतिविधि लाई सकृय पारी रहेको छ।प्रधानमन्त्री सेर बहादुर देउवा लाई एक्लो बनाएर सबै कम्युनिस्ट पार्टी लाई आफ्नो बसमा राख्न सकृय भएको चिनले अब नेकपा एमाले माथी कुटनैतिक दबाब दिन सुरु गरेको छ। एम सि सि सफल हुन नदिन र आउने निर्वाचन मा सबै कम्युनिस्ट पार्टीलाई एक गराएर चुनावमा सामेल गराउन रणनीतिक रुपमा लागि परेको चिनले प्रधानमन्त्री सेर बहादुर देउवा नेपाली काङ्ग्रेस सङको हालको कम्युनिस्ट हरुको सत्ता गठबंधनलाई टुटाउन खोजिरहेको छ।

चिनको अहिलेको उदेश्य भनेको एमालेको नेतृत्वमा कम्युनिस्ट सरकार बनाउने हो।यसका लागि उसले एमाले अध्यक्ष केपि शर्मा ओलि लाई प्रयोग गर्न खोजी रहेको छ।चुनाव नजिकिदै गर्दा कम्युनिस्ट हरुको एकता प्रयास गराउन चिनको प्रयासलाई अर्थ पुर्ण रुपमा लिन सकिन्छ।२०७४ को निर्वाचनमा तत्कालीन नेकपा (एमाले )मावोबादी केन्द्र ,रास्ट्रिय जनमोर्चाले गठबन्धन गरेर चुनाव लडेर भारी बहुमत ल्याएर सरकार निर्माण गरे साढे तीन बर्ष सम्म सरकार चलाएको कम्युनिस्ट हरुको सत्ता स्वार्थ र आन्तरिक राजनीतिको किचलो ले सरकार पनि ढलो र पार्टी पनि बिभाजन भयो,एस कुरामा चिनले नेपाल मामिला मा आफू असफल भएको महसुस गर्यो।

तर फेरि अहिले आएर चिन एकाएक सक्रिय भुमिकामा देखिनु र प्रचण्ड र ओलिको भेटघाट सम्बाद बढ्नुले चुनाब अघि फेरि केही घटना क्रम दिहोर्याउने कुटनैतिक चाल चिनले चल्न सुरु गरेको अन्दाज गर्न सकिन्छ।यस्को लागि दुवै कम्युनिस्ट पार्टी का दोस्रो तहका नेताहरुले पनि भुमिका निर्बाह गरिरहेका छन ।चिनले कम्युनिस्ट पार्टीको एकता र आफ्ना स्वार्थका मुद्दा  लाई नेपालमा स्थापित गराउन कम्युनिस्ट पार्टी का सम्पुर्ण पहिलो र दोस्रो तहका नेतालाइ आफ्नो प्रभाव मा पार्न खोजिरहेको छ।चिनको यो कुटनैतिक चालले नेपालमा चुनाब अघि नै राजनैतिक समीकरणमा फेर बदल हुने सम्भावना प्रबल बढेर गएको छ ।

चिनको स्पस्ट रणनीति के देखिन्छ भने आउदो चुनावमा बाम गठबन्धन गराइ चुनाव लडाउने र नेपाली काङ्ग्रेस लाई एक्ल्याउने योजना मा उस्ले आफ्नो खेल खेलिरहेकी छ।अहिलेको एम सि सि को बिरोध र केपि ओलि र प्रचण्ड बिचको सम्बाद र भेटघाटले यहि पुष्टि गर्दैछ।यस मामिलामा चिनले आफ्नो सम्पुर्ण शक्तिलाई चुनाव अघि सम्म नेपाल केन्द्रित बनाउने योजनामा रहेको अनुमान गर्न सकिन्छ।एसीपी  न्यूज

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here