28.4 C
Birgunj
Homeसमाचारस्थानियप्रमुख प्रशासकीय अधिकृत साहद्वारा कालिकामाईमा दरबन्दी बिनाको कम्प्युटर अपरेटर न्युक्ती

प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कालिकामाईमा दरबन्दी बिनाको कम्प्युटर अपरेटर न्युक्ती

वीरगंज, ९ फागुन ।

पर्साकाे कालिकामाई गाउँपालिकामा गैर कानुनी तरिकाले सहायक कम्प्यूटर अपरेटरहरुकाे न्यक्ति भएकाे फेला परेकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहले गैर कानुनी तरिकाले दरबन्दी बिनाकाे ५ जना सहायक कम्प्युटर अपरेटरहरु न्युक्त गरेका हुन् ।

उनले जनप्रतिनिधिहरुकाे मिलाेमताेमा गाउँपालिकामा एक जना सहायक कम्प्युटर अपरेटरकाे दरबन्दी रहेपनि निति नियमकाे धजिया उडाउँदै ५ जना सहायक कम्प्युटर अपरेटरकाे न्युक्ति गरेका छन् ।

स्थानिय तहकाे निर्वाचन घाेषणापछि पैसा खाएर भागबान्डाकाे आधाारमा न्युक्त भएका कम्प्युटर अपरेटरहरुकाे तलब गाउँपालिकाकाे राजश्व बाँडफाड रकमबाट खुवाउने याेजना रहेकाे छ । जुन निति, नियम र एेन कानुनीले नमिल्ने जानकारहरुले वताएका छन् ।

गाउँपालिकाले फागुन २ गते कारारमा ना.प्र.स (कृषी) २ जना, सहायक कम्प्यूटर अपरेटर ५ जना, अ.न.मी. २ जना र ल्याब असिटेन्ट २ जना न्युक्त गरेकाे हाे ।

याेग्यताकाे आधारमा न्युक्त गर्नु पर्ने कर्मचारी भागबन्डाकाे आधारमा न्युक्त भएपछि याेग्य र दक्ष उम्मेदवारहरु मर्कामा परेका थिए ।

गाउँपालिकाले करारमा विभिन्न पदमा एक दर्जन कर्मचारी न्युक्तिकाे लागि मंसिर ६ गते नै दरखास्त आवहान गरेपनि भागबन्डा मिल्न नसकेपछि ३ मिनापछि मात्र फागुन २ गते कागजी परिक्रिया पुर्‍याएर न्युक्ति गरेकाे थियाे ।

कर्मचारी भर्ना समितिका संयाेजक समेत रहेका प्रमुख प्रशासकिय अधिकृत साहले जनप्रतिधिहरुकाे चुनावी अभियानमा सहयाेग गर्ने उद्देश्यले नियम विपरित कर्मचारी न्युक्ति गरेपछि उनकाे चाैतर्फी आलाेचना समेत भएकाे थियाे । न्युक्त भएका कर्मचारीहरु मध्ये कम्प्युटर अपरेटरकाे गाउँपालिकामा दरबन्दी नै नरहेकाे फेला परेपछि स्थानियहरु आदालत जाने तयारी गरेका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here