वीरगंज, ८ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ र २ का गर्भवती महिलाहरुलाई आइतबार गाउँपालिकाले पाेषिलाे आहार वितरण गरेकाे हाे ।
वडा नं. १ स्थित मधुवन मथाैल स्वास्थ्य चाैकीमा भएकाे कार्यक्रममा गर्भवती महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पाेषिलाे आहार वितरण गरेका थिए ।
गर्भवतीमहिलाहरुलाई पाेषिलाे आहार वितरण गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आमाकाे गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुने वताए । उनले गर्भवतीकाे समयमा महिलाहरुले विशेष ध्यान दिनु पर्ने सुझाए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष जयसवालले गर्भा अवस्थामा महिलाहरुलाई अति आवश्यक पर्ने पाेषिलाे आहार वितरण गरिएकाे वताए । उनले गर्भावती महिलाहरुकाे लागि निशुल्क रुपमा भिडियाे एक्स्रे लगायतकाे सुविधा समेत गाउँपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराइएकाे वताए । गाउँपालिकाले आइतबार एक कार्यक्रमकाे बिच वडा नं. १ का एक सय र वडा नं. २ का एक सय १० जना गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे सुचना अधिकारी भुजेन्द्र चाैधरीले जानकारी दिए ।