काठमाडौं। अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने नगर्ने नेपालको आफ्नो निर्णय भएको बताएको छ ।
शनिबार काठमाडौं स्थित अमेरिकी दुतावासले एक विज्ञप्ती जारी गर्दै सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका एमसीसी पास गर्ने नगर्ने नेपालको आफ्नो निर्णय भएको बताएको हो ।
नेपाल र अमेरिकाबीचको सम्बन्धलाई ७५ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमासम्म नेपालमा धेरै परिवर्तनहरु भएको विज्ञप्ती उल्लेख छ ।
यी परिवर्तनहरूमा विकास सहायता, विपद् प्रतिकार्य, पूर्वतयारी सहायता, स्वास्थ्य, शिक्षा कार्यक्रमहरू, र अन्य सहयोग गर्दै अमेरिका नेपालको साथमा उभिएको विज्ञप्ती लेखिएको छ ।