काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा शनिबार नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनताले बुझ्नु पर्ने उनको भनाइ थियो ।
नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु एमसीसीको लक्ष्य रहेको नेता कोइरालाको भनाइ थियो ।
यस्तै उनले एमसीसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसको कुनै पनि बुँदामा उल्लेख नभएको समेत स्पष्ट पारेका छन्।
उनले एमसीसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए ।