काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् ।
जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षणमा पोखरेलले सो कुरा गरेका हुन् । प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारण राखेको भन्दै उनले यस्तै कारणले एमसीसी विवादमा परेको बताए ।
एकनासको गठबन्धन तथा विदेशी शक्तिलाई अर्को किसिमको अभिव्यक्ति दिएर एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको उनको भनाई छ ।
उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको बताए । उनले भने – ‘अहिले मुलुकमा मुख्य दुई धारको राजनीति भइरहेको छ, एकको नेतृत्व एमालेको गरिरहेको छ भने अर्को नेतृत्व एमाले विरोधी पार्टीहरूले गरिरहेको छ ।’