18.9 C
Birgunj
Homeसमाचारस्थानियखोप लगाएका यात्रुलाई दिल्ली जानका लागि पीसीआर रिपोर्ट नचाहिने ।

खोप लगाएका यात्रुलाई दिल्ली जानका लागि पीसीआर रिपोर्ट नचाहिने ।

नयाँ दिल्ली:
काठमाडौंबाट भारतको राजधानी नयाँदिल्ली जानका लागि अब कोरानाको आरटी–पीसीआर परीक्षण गराइराख्न नपर्ने भएको छ । यो सुविधा भने कोरोनाविरुद्धको प्राथमिक खोप लगाएका यात्रुको हकमा मात्र लागू हुने भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नयाँ ट्राभल गाइडलाइन जारी गर्दै कोरोनाविरुद्धको पूर्ण खोप लगाएका यात्रुलाई आरटी पीसीआर परीक्षण गराउन आवश्यक नभएको उल्लेख गरेको हो ।

नयाँ गाइडलाइनले ८२ वटा मुलुकबाट भारत आउने यात्रुलाई यस्तो छुट दिएको छ त्यसमा नेपाल पनि छ । यात्रा गर्नुअघि यात्रुले एयर सुविधा फर्म भने भर्नुपर्ने हुन्छ । पहिला आरटी पीसीआर रिपोर्ट अनिवार्य लोड गर्नुपर्ने प्रावधान भएकोमा अहिलेको नयाँ गाइडलाइनलमा आरटी पीसीआर रिपोर्ट वा खोप लिएको सर्टिफिकेट अपलोड गरे पुग्ने व्यवस्था छ ।

५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने व्यवस्था छ । तर, खोप नलगाएका ५ वर्षमाथिका बालबालिकालाई आरटी पीसीआर रिपोर्ट अपलोड गर्नुपर्ने हुन्छ । नेपाल एयरलाइन्सका दिल्ली प्रबन्धक नरायण पौडेलले नयाँ गाइडलाइन १४ फेब्रुअरीबाट कार्यान्वयनमा आएको जानकारी प्राप्त गरेको बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here