नेपालको भु–राजनितीमा उतरी छिमेकी मुलुक चिनले तराईमा आफ्नो सक्रियतालाई अझ फराकिलो बनाउंदै लगिरहेको छ । नेपालको सत्ता राजनितीमा दशक अघिबाट सिधा चासो राख्दै आईरहेको चिन राजधानीमा मात्र होईन तराईका जिल्लामा पनि आफ्नो पंहुचलाई विस्तार गर्दै लगिरहेको छ ।
तराईका विभिन्न नगरपालिका संग चिनका नगरपालिकाहरुले भगिनी सम्बन्ध स्थापित गर्दै लगिरहेका छन् । महोत्तरीको गौसला नगरपालिका र चिनको सान्सि प्रान्तको सिन्चउ नगरसंग भगिनी सम्बन्ध स्थापना गर्ने उद्धेश्यले करिब ६० करोड अमेरिकी डलर लगानी भित्रयाउने योजना अगाडी सार्यो र चिनबाट लगानी ल्याएर ४० वटा उधोग सहीतको औधोगिक क्षेत्र स्थापना गर्ने योजना चीनको रहेको थियो तर संघीय सरकारले अवरोध गरेपछी त्यो पुरा हुन सकेन ।
चिनको योजना ६०करोड अमेरिकी डलरमा उधोगहरु स्थापना गरेर महोतरी जिल्लामा आफ्नो पकडलाई बलियो बनाउन चाहान्थ्यो यो उसको ऋण जाल कुटनिती अन्तर्गतको एउटा रणनिती थियो । चिनले सन २०१३ बाट साना परियोजनामा सिधा लगानी गर्न पाउनु पर्ने भन्दै दबाब सिर्जना गरेको थियो । त्यस्मा चिन सफल हुन नसके पछी चिनले हिमाली जिल्लाका १४ वटा जिल्लामा विकाश निर्माणको काममा आफ्नो महत्वकांक्षी परियोजना बि.आर.आई मार्फत यसलाई अघि बढाईरहेको छ । पछिल्लो समय उसले विभिन्न माध्यमबाट तराईमा आफ्नो पहुचलाई विस्तार गर्न खोजिरहेको छ ।
त्यसैको एउटा कुटनितिक चाल हो , नगरपालिका बिचको भगिनी सम्बन्ध पछिल्लो समय बाग्मती प्रदेशले चिनको गान्सु प्रान्त संग र लुम्बीनिले चिनको सिचुवान प्रान्त संग भगिनी सम्बन्ध स्थापित गरेका छन् । यसमा करिब २ अर्व डलर बराबरको ऋण रकम र अरु थुप्रै सहयोगको आश्वासन दिएको छ । यसले यतिखेर चिन सरकार स्थानीय तह बाट नै नेपालको हर क्षेत्रमा कब्जाको रणनितीमा उत्रिएको छ । पछिल्ला बर्षहररुमा चिनको रुची र प्रभाव तराई केन्द्रित हुदै गईरहेको छ । तराईको सामाजिक र राजनैतिक क्षेत्रमा चिनिया चासो र सक्रियता बढ्नुले नेपालको क्षेत्रिय राजनितीमा गम्भिर धुव्रिकरण बढेर जाने खतरा उत्पन्न भएको छ ।
तराईमा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यवसायीहरुलाई चिन भ्रमणमा जान सहजता प्रदान गर्नुको उसको अर्को उद्धेश्य तराईका जनतामा चिन प्रतिको भावना बढाउनु पनि हो । यसको फाईदा उठाउंदै चिनले तराईका थुप्रै जिल्लाहरुमा चिनिया आइ.एन जि ओ हरुलाई सक्रिय रुपमा लाग्न प्रेरित गरिरहेको छ । करिब यसको लागि चिन सरकारले १ अर्व रुपैया लगानी गरेको खुलेको छ । पछिल्लो समय बारा पर्शा औधोगिक करिडोर चिनिया गतिविधिको केन्द्र बनेको छ । विरगञ्ज क्षेत्रमा चिनिया लगानीकर्ता र कामदारको आउजाउ बाक्लिएको छ । विरगञ्जको जुङ थाङ टेनरी र हान हुई टेनरी गरी २ वटा चिनिया छाला उधोग कम्पनि छन् ।
पवानीपुरमा हिमालयन फुड ईन्टरनेशनल मासु उधोग सञ्चालनमा छ । पर्शाको घुर्मिमा रहेको हिरो मिट नामक मासु उधोग पनि चिनकै लगानीमा सञ्चालनमा रहेको छ । त्यस उधोगका लगानीकर्ता , कर्मचारी,मजदुर सबै विरगञ्ज क्षेत्रमा नै बसेर आफ्नो गतिविधि गरिरहेका छन् । यसरी चिनको बढ्दो सक्रियताले नेपालको प्राय सबै क्षेत्र भविष्यमा चिनको कब्जामा पर्न सक्ने अनुमान विज्ञहरुले लगाउन थालेका छन् । स्थानीय जनताबाट नै चिनले आफ्नो रणनितीक स्वार्थलाई प्रयोग गर्न खोजिरहेको छ ।
यसरी अनावश्यक चिनिया लगानीले एकातिर ऋणको भार थपिदेछ भने अर्कोतिर नेपालका क्षेत्रिय र मुलधारका राजनैतिक दलबिच फोटो बढेर गएको छ । यो नेपालको लागि राम्रो संकेत होईन । चिनिया ऋण लगानीले नेपालको आर्थिक गतिविधिलाई तहसनहस बनाउने सम्भावना बढेर गएको छ । अझ तराई क्षेत्रमा चिनको उपस्थितीले क्षेत्रिय अस्थिरता साथै आर्थिक गतिविधिमा नकरात्मक प्रभाव पर्न सक्ने जानकारहरुको तर्क छ । यसबाट जोगिन नेपालले बेलैमा सोच्न जरुरी छ ।