काठमाडौं । पार्टी अध्यक्ष उपेन्द्र यादव निरंकुश बनेको आरोप छ जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइको । अहिले विषयमा पार्टीमा आन्तरिक संघर्ष भइरहेको उनी बताउँछन् । जसपा यादवहरूको मात्र पार्टी बनेकोमा उनको असहमति छ । उनी भन्छन जसपामा डा. बाबुराम भट्टराई भन्दा उपेन्द्र यादवमा समय देखिएकाे छ । पार्टीलाई सामुहिक नेतृत्व र समावेशी रुपमा अघि बढाउनुपर्ने उनको माग रहेपनि अहिलेकाे आन्तरिक संघर्षले पार्टी नै विभाजन हुने त होइन भन्ने चिन्ता आम कार्यकर्तामा रहेको बतायनुभयाे । तर पनि राईले यो संघर्षले पार्टी सुध्रिने र अझ सशक्त बन्ने एउटा पत्रिकाकाे अन्तर्वार्तामा दाबी गरेका छन् । एसीपी न्यूज