प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटर्वाताका क्रममा दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।
सो भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा तीनै शीर्ष नेताबीच छलफल भएको छ ।
यस्तै उनीहरुबीच प्रमुख विपक्ष नेकपा एमालेका कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको छ ।
छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको हो । एसीपी न्यूज