काठमाण्डौ । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो ।
कांग्रेस कार्यसम्पादन बैठक
कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा। शेखर कोइरालाले पार्टीको औपचारिक बैठकमै गठबन्धनलाई अप्राकृतिक भन्दै निरन्तरता’दयगत प्रश्न गरेका हुन् । कोइरालाले स्थानीय तहको निर्वाचनमा अप्राकृतिक गठबन्धन छाडेर कांग्रेस एक्लै निर्वाचनको मैदानमा उत्रिनुपर्ने भन्दै कांग्रेसले कांग्रेसलाई रूखमै भोट हाल्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रूख छापमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु, यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ,’ बैठकमा धारणा राख्दै कोइरालाले भने ।
उनले जारी बैठकमा आफ्नातर्फबाट पाँचबुँदे धारणा राखेका छन् । सो क्रममा कोइरालाले आगामी निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रदेखि वडा तहसम्मको पार्टी संरचनालाई एकढिक्का बनाएर सञ्चालन गर्ने विश्वास आफूले लिएकोसमेत बताए । ‘पार्टीभित्रको एकता, सद्भाव र साथीहरूको न्यायोचित व्यवस्थापन नै हाम्रो शक्ति हो, हाम्रा घरभित्रका सानातिना घरेलु समस्या, आपसी
रिस राग, मन मुटाव र असन्तुष्टिभन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन, सभापतिज्युले केन्द्रदेखि वडासम्मका साथीहरूलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ डा। कोइरालाले धारणा राख्दै भने ।
शेखरको प्रस्तावः एमसीसी अघि बढाऔं, चुनावमा एक्लै भिडौं
कोइरालाले गाउँदेखि सहरसम्म सबै स्थानीय तहमा लोकप्रिय, क्षमतावान्, इमानदार र पार्टीमा योगदान पु¥याएका व्यक्तिलाई बिनाभेदभाव, न्यायोचित र पूर्वाग्रह रहित तरिकाले उम्मेदवार बनाउन पनि सभापति देउवासँग आग्रह गरे । यसैगरी, पछिल्लो समय चर्चामा रहेको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि कांग्रेस गम्भीर बन्नुपर्ने भनेका छन् ।
‘एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित रहेन, यो विषय निकै माथि उठिसक्यो, यसप्रति हामी निकै गम्भीर बन्नुपर्ने परिस्थिति छ, यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्छ,’ कोइरालाले बैठकमा धारणा राख्दै भने । एसिपि न्यूज