इस्लामावाद । चीनको सिन्जियाङमा रहेका अल्पसंख्यक उइगर मुस्लिमहरुमाथि चीन सरकाले वषौंदेखि दमन गर्दै यातना दिइरहेका समाचारहरु बाहिरिने गरेका छन्।
विश्वभरका अन्य मुस्लिमहरुमाथि हुने दमनप्रति आक्रामकरुपमा प्रस्तुत हुने पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीनका उइगर मुस्लिमहरुमाथि भइरहेको अत्याचारबारे भने मौन छन्।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सिन्जियाङका उइगरमाथि भइरहेको ज्यादतीप्रति भने आँखामा पट्टी बाँधेकोजस्तो अवस्था देखिन्छ। चीनका मुस्लिमहरुको अधिकारका लागि पश्चिमा मुलुकहरुले लगातार आवाज उठाइरहँदा भने मुस्लिम बाहुल्य मुलुक पाकिस्तनका प्रधानमन्त्री इमरान खानले भने चीन सरकारलाई नै दमन गर्न समर्थन गरेको देखिन्छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान र चिनियाँ राष्ट्रपतिले संयुक्त विज्ञप्ति जारी गर्दै पाकिस्तान एक चीन नीति र ताइवान, हङकङ, साउथ चाइना सी, तिब्बत र सिन्जियाङका मुद्दामा चीनको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री खानले पाकिस्तान चीनको एक चीन नीतिप्रति सधैं प्रतिबद्ध रहेकोसमेत बताएका छन्।
चिनियाँ राष्ट्रपतिले पनि पाकिस्तानको सावैभौम सत्ता, स्वतन्त्रता र सुरक्षालाई प्रबद्र्धन गर्न सधैं पाकिस्तानको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका हुन्। विश्वभरका २४३ समूहहरुले चीनले सिन्जियाङमा गरेको उइगरमाथिको दमनविरुद्ध आवाज उठाइरहेको समयमा पाकिस्तानले भने चीनलाई समर्थन गरेको हो। केही मुलुकहरुले त चीनमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कारसमेत गरेका छन्। नेपाल पाना