27.4 C
Birgunj
Homeसमाचारस्थानियभूकम्पपछि नाकाबन्दी निरन्तर, सहयोग गरेको भन्ने नाटक मात्रै

भूकम्पपछि नाकाबन्दी निरन्तर, सहयोग गरेको भन्ने नाटक मात्रै

काठमाडौं – झन्डै सात वर्षअघि नेपालमा विनाशकारी भूकम्प गयो । भूकम्पले नेपालको आर्थिक अवस्था तहसनहस मात्र गराएन, १० हजारभन्दा बढीको ज्यान लियो ।

हजारौं अंगभंग भए । घाइते हुनेको संख्या झन बढी थियो । झन्डै एक मिनेटसम्म गएको भूकम्पले १० खर्बभन्दा बढीको घाटा लाग्यो ।

भूकम्पपछि नेपालका सम्पदा, भौतिक संरचना, सडक थुप्रै नष्ट भए । यस्तो अवस्थामा छिमेकी देशको सहयोग आवश्यक पर्छ । तर, नेपालको उत्तरतर्फको छिमेकी चीनले भने दुश्मन जस्तो व्यवहार गरिरहेको छ ।

त्यो कोभिड महामारीका बेलासम्म कायम छ । कतिसम्म भने चीनसँग जोडिएका सीमानाका पूर्णरूपमा ठप्प पारेको छ । नेपालीलाई चीनमा जान प्रतिबन्ध लगाइएको छ ।

चीनले केरुङ–रसुवागढी नाका र तातोपानी नाका मन लागेका बेला केही दिनका लागि खोल्ने अनि बन्द गर्ने गरेको छ । जसकारण सबैभन्दा ठूलो मारमा नेपाली व्यापारी व्यवसायी परेका छन् ।

उनीहरूको अर्बौंं मूल्यबराबरका सामग्री चिनियाँ भूमिमा महिनौं दिनसम्म रोकिएका छन् । तीन वर्षअघि चीनमा एमबिबिएस पढ्दै गरेका विद्यार्थीहरू जब कोरोनाका कारण फर्किए, त्यसपछि चीन फर्किन पाएका छैनन् ।

यसले पनि नेपालसँग चीन कति रुष्ट रहेछ भन्ने प्रस्ट पार्छ । चीनले राजनीतिक कारण हो वा अन्य कारण नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भन्ने पुष्टि गरेको छैन ।

तर पनि कोभिडविरुद्धको खोप अनुदान दिँदै आएको छ । त्यो पनि केपी ओली सरकारले दुई करोड डोज खोप महँगोमा किनेकाले चीनले करिब ३० लाख डोज सित्तैमा दिएको छ ।

त्यसबाहेक अन्य कुनै सहयोग चीनबाट हुन सकेको छैन । कतिसम्म भने पछिल्लो समय चीनले नेपालको उत्तरी सीमामा धेरै ठाउँमा भूमि मिचेको पुष्टि हुँदै आएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here