16.9 C
Birgunj
Homeसमाचारस्थानियके अव चीनले नेपालमा मिसाईल हान्छ ?

के अव चीनले नेपालमा मिसाईल हान्छ ?

०७७ असोजको पहिलो साता चीनले हुम्लाको नाम्खा गाउँपालिका– ६ मा नेपाली भूमी मिचेर भौतिक संरचना निर्माण गरेको विषय चर्चामा आयो। ११ र १२ नम्वर पिल्लर आसपासमा चीनले पक्की भवन वनाएको चर्चा भएपनि तत्कालिन सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले चीनसँगको सीमामा कुनै विवाद नरहेको र चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिए।

तर, कतिपय सांसदहरुले नै सरकारको प्रष्टिकरण झुठो भएको भन्दै आलोचना गरे। यस विषयमा ‘नेपाल आज’ टिमले त्यस क्षेत्रको ‘फिल्ड रिपोर्टिङ्ग’ गर्यो। रिपोर्टिङ्गका क्रममा स्थानीय प्रशासन, स्थानीय तहदेखी प्रदेश र संघीय संसदका प्रतिनिधिहरुसँग पनि कुराकानी गर्यो।

रिपोर्टिङ्गका क्रममा नेपाल आजको टोलीलाई सीमा क्षेत्रमा पुग्न नदिनेदेखि पुगेपनि समाचार सार्वजनिक नहोस भन्ने उदेश्यले अवान्छित कृयाकलाप भए। जस्मा चीनियाँ एजेण्टदेखि नेपाल सरकारको तलव÷भत्ता खाएका प्रशासकहरु समेत लागेको कुरा हामीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अनुभव गर्यौ ।

त्यतिमात्र होईन, हामीले नेपाल–चीन सीमा क्षेत्रको रिपोर्टिङ्ग गरेको विषयमा जानकार हुम्लाका सिडिओ गणेश आचार्यले नै चीनियाँ पक्षलाई सूचना चुहाउने काम गरे। उनकै सूचनाका आधारमा ‘नेपाल आज’ को टिमलाई चीन विरुद्ध समाचार नलेख्न धम्कीसमेत आयो।

चीनको सियान प्रान्तले ‘नागरिक दूत’ नियुक्त गरेका नेपाली नागरिक प्राध्यापक डा.राजीवकुमार झा सकृय भए। सियान प्रान्तले नागरिक दुत नियुक्त गर्नु एकवर्ष अघि चीनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा समेत झालाई नियुक्त गरिएको थियो ।

सियान प्रान्तीय सरकारले प्रा. डा.झाको नाममा ‘चाइना नेपाल फ्रन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ पनि स्थापना गरेको छ । नेपाल आजको टिमलाई हतोत्साहित वनाउन उनै राजिव झा खटिए। उनले नेपाल–चीन सिमामा रिपोर्टिङ्ग गरेर फर्केको नेपाल आजको टिमका एक सदस्यलाई फोन गरेर ‘चीनले भूमी मिचेको भनेर नेपाल सरकारले पुष्टी गरे चीनले मिसाईल हान्छ’ भन्दै धम्की समेत दिए।

उनले नेपाली कांग्रेस र प्रदेश सभा सदस्य जिवन वहादुर शाही लगायतका केही नेताले ‘प्रपोगाण्डा’ फैलाएको दावी गर्न समेत भ्याए।सीमा मिचिएको विषयमा नेपालसँग प्रमाण नै नभएको र सरकारी प्रतिबेदनमा चीनले नेपालको भुुमी मिचेको ठहरिए मिसाइल हान्न्ने भन्दै धम्किपुर्ण चेतावनी उनले दिएका थिए।

उनले यसअघि पनि समाचारको विषयमा नेपाल आजका पत्रकारलाई ज्यान मार्ने धम्की दिएका थिए । अनेक समस्या झेलेर पनि नेपाल आजको टिमले चीनले अतिक्रमण गरेको भनिएको क्षेत्रको स्थलगत रिपोर्टिङ्ग गर्यो। जस्को समाचार र भिडियो यस अघि नै सार्वजनिक भएका छन् ।

चीनले नेपाली भुभाग मिचेको र नेपाल सरकारले वास्ता नगरेको विषयमा समाचार लेखेपछि ‘नेपाल आज’ लाई चीन विरोधी गतिविधि गरेको आरोप लगाउने देखि कतिपयले राष्ट्रघातीको विल्ला समेत भिराए।

तर, यही विचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भए। त्यसपछि मन्त्रिपरिषदको वैठकले चीनसँगको सिमा विवाद समाधानका लागि भन्दै गत भदौमा गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय ‘अध्ययन समिति’ वनाउने निर्णय गर्यो । यही समितिले तीन हप्ता वढि समय लगाएर गरेको अध्ययनका क्रममा चीनले नेपाली भूमी मिचेको पुष्टि भएको छ। उक्त प्रतिवेदनलाई आधार बनाएर बीबीसीले रिपोर्ट नै तयार गरेको छ।

यस्तो छ बीबीसीले तयार पारेको रिपोर्ट- नेपाल-चीन सीमा विवाद: हुम्लास्थित सीमामा चीनको अतिक्रमण रहेको नेपाली प्रतिवेदनको दाबी

के छ प्रतिवेदनमा ?
सरकारले गठन गरेको उक्त अध्ययन समितिले हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मका समस्या पहिचान गरी समाधानका उपायहरू सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको थियो। समितिले उक्त क्षेत्रको अध्ययन गरी प्रतिवेदन पनि वुझाएको छ।

समितिले सीमा क्षेत्रमा देखिएका समस्यालाई मुख्यतयाः आठ बुँदामा उल्लेख गर्दै १२ बुँदे समस्या समाधानका उपाय पनि समेटेको छ।

नेपाल चीन साझा सीमा स्तम्भ नम्बर ९ (२) बाट करिब ३२ मिटर सीमा स्तम्भ नम्बर १० मा चिनियाँ पक्षले तारबार लगाएको, त्यसबाट सीमा स्तम्भबाट १० मिटर भित्र कुनै स्थायी संरचना बनाउन नपाउने सीमा प्रोटोकलको व्यवस्था उल्लङ्घन भएको र नेपालमा सीमा जस्तो संवेदनशील विषयमा राजनीतिक धारणा बनाउने र पक्ष विपक्षमा मत जाहेर गर्नाले कूटनीतिक अभ्यास र छिमेकीबीचको सम्बन्धलाई अनावश्यक उछाल्ने प्रयास हुने भएकाले सीमाको विषयलाई राज्यको नीतिमा स्थापित गर्नुपर्ने र दुई पक्षीय स्थायी संरचनाबाट सम्बोधन गर्नुपर्ने उल्लेख छ।

समस्या समाधानका लागि प्रतिवेदनमा दिईएका सुझाव
सीमा विवाद समाधान गर्न संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिलाई सक्रिय बनाउनुपर्ने, नेपाली सीमामा पर्ने साबिकको मानसरोवर दर्शन गर्ने स्थानसम्म नेपालीहरूको आवतजावत सहज बनाउन कूटनीतिक पहल गर्नुपर्ने, किट खोलाबाट पश्चिम–दक्षिण रहेको भूभाग र उत्तर तर्फको सीमा स्तम्भ नम्बर ६(१) हुँदै कर्णाली नदीसम्मको सम्पूर्ण तारबार तत्काल हटाउनुपर्ने, सीमा स्तम्भ नम्बर ९(२) माथि चिनियाँ पक्षले लगाएको तारबार र बनाएको स्थायी संरचना हटाएर १० मिटर खुला क्षेत्र कायम गर्नुपर्ने तथा सीमा स्तम्भ नम्बर ७(२) नदेखिएकाले त्यसलाई संयुक्त सीमा समूहबाट खोजी गरी पुनर्स्थापना गर्नु पर्ने सुझाव दिईएको छ।

यसैगरी, चिनियाँ क्षेत्रमा पर्ने स्तम्भ नम्बर ६(२) पहिरोका कारण जोखिममा पर्ने देखिएकाले संरक्षण गर्नुपर्ने, सीमा स्तम्भ नम्बर ४ आसपास नेपाली नागरिकलाई चरिचरनबाट रोक्ने गरेको पाइएकाले त्यसलाई सहज बनाउन कूटनीतिक रूपमा पहल गर्नुपर्ने, धेरै समस्या स्थानीय स्तरमा सृजित रहेको देखिएकाले स्थानीय प्रशासनलाई अधिकार सम्पन्न बनाएर त्यस्ता समस्याको हल खोज्नुपर्ने, लोलुङ भन्ज्याङ लगायत मानवीय क्रियाकलाप भएका र हुनसक्ने ठाउँमा संयुक्त रूपमा सहायक सीमा स्तम्भ स्थापित गर्नुपर्ने, लोलुङ भन्ज्याङ लगायत क्षेत्रमा शान्ति, सुरक्षा र पर्यटकीय गतिविधिलाई बढवा दिन सीमा क्षेत्रमा सुरक्षा फौज खटाउनुपर्ने र सीमा टोलीबाट स्तम्भको पुन निर्माण र संरक्षण गर्दा स्थानीय सरकार, प्रशासन र नागरिकलाई जानकारी गराउनुपर्ने जनाईएको छ।

प्रतिवेदनमा सिमा समस्यालाई थप पुष्टि गर्दै चीनले किट डाँडाको पानी आफ्नो सीमाभन्दा करिब १४५ मिटर वर नेपालको भूभागमा पर्ने किट खोलाबाट स्थायी नगर बनाएर लिने प्रयास गरेको र सोही बमोजिम सडक र ट्यांकी निर्माण गरेकोमा सशस्त्र प्रहरीको तदारुकताका कारण निर्मित संरचना भत्काएर पुरेको देखिएको उल्लेख गरिएको छ।

‘यसबाट दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने भएकाले यसको संरक्षण र कूटनीतिक सम्बोधन हुन आवश्यक रहेको देखिन्छ’– प्रतिवदेनमा भनिएको छ। प्रतिवेदनमा चिनियाँ पक्षले नहर तयार गरिरहेको र निर्माण गरिएको ढल पुरिएको अवस्थाको तस्बिर पनि राखिएको छ। नेपाली अध्ययन टोली पुग्नु दुई दिनअघि खनिएको सम्पूर्ण भूभाग पुनः छोपी यथास्थितिमा लगिएको आफूहरूले बुझेको प्रतिवेदनमा जनाइएको छ। नेपालआज

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here