15.7 C
Birgunj
Homeसमाचारस्थानियनेपाल-भारत रेल सेवा सुरु हुँने, देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्ने

नेपाल-भारत रेल सेवा सुरु हुँने, देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्ने

काठमाडौं । नेपाल-भारत रेल सेवा फागुन महिनादेखि सञ्चालन हुने भएको छ । फागुन १ गतेदेखि जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रेल्वे कम्पनीमा नयाँ महाप्रबन्धक नियुक्त गरेर धमाधम काम थालिएको थियो ।

केपी ओलीले तीन वर्षे कार्यकालमा चलाउन नसकेको रेल देउवाले काम गर्ने महाप्रबन्धक निरञ्जन झा ल्याएर धमाधम काम थालेका थिए । झाले फागुनदेखि जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागेका हुन् ।

रेलको उदघाटन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नेछन् ।

फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गरिने रेल्वे कम्पनीले जनाएको छ । रेल चलाउन कर्मचारी नियुक्ति गरेर तालिमसमेत दिइएको छ ।

भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो । ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन् ।

भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक निर्माण गरिरहेको छ । निकट भविष्यमै महोत्तरीको बर्दिवासम्म रेल चल्नेछ ।एसीपी 

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here