11.4 C
Birgunj
Homeसमाचारस्थानियएमसीसी पास गराउने काममा तिब्रता

एमसीसी पास गराउने काममा तिब्रता

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माघभित्रै पारित गर्ने तयारी थालिएको छ । प्रधानमन्त्रीको जोडबलमा एमसीसी संसदबाट अघि बढ्ने निश्चित भएको छ ।

एमसीसी सम्झौतामा प्रश्न उठाउँदै विरोध गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गृहमन्त्री बालकृष्ण खाणले कन्भिन्स गराएका छन् ।

पछिल्ला दिनमा खाणको सक्रियताको परिणाम प्रचण्ड-माधव एमसीसीमा क्लियर भएका छन् । राष्ट्रिय सहमतिमै एमसीसी पारित गराउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीको पनि साथ खोजेका छन् । ओलीले पनि एमसीसी पारित गराउन सघाउने गरी ग्रिन सिग्नल दिएका छन् ।

ओलीलाई कन्भिन्स गर्न सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवाले सदनको अवरोध हटाउनको लागि सुरुदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरिरहेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर कांग्रेस र एमालेबीच दुरी कम भैरहेको छ ।

एमालेले कांग्रेसले पहिले एमसीसीबारे आफ्नो पोजिशन क्लियर गरोस भनेर भनिरहेको छ । प्रधानमन्त्री देउवाले गत पुस २४ गते एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

सत्ता र प्रतिपक्ष सबैबाट ग्रिन सिग्नल पाएपछि प्रधानमन्त्री देउवाले आउँदो संसद बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी गरेका छन् । एमसीसीमा सभामुख बाधक बने महाभियोग लगाएर हटाउने तयारी छ । सभामुखसँग एमाले पनि चिढिएको छ । महाभियोगमा साथ दिने भनिसकेको छ ।

सभामुखलाई महाभियोग लगाएर भए पनि अब बस्ने प्रतिनिधिसभाको बैठकमा नै एमसीसी प्रस्ताव टेबुल गर्ने सरकारको तयारी छ । यसमा एमालेले पनि ग्रिन सिग्नल दिएको चर्चा छ । एमसीसी अघि बढाउन सभामुख बाधक भए उनलाई महाभियोग लगाएर भए पनि हटाउने भित्री तयारी भैरहेको छ । साभार: एसीपी 

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here