काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बिषयमा खटपट भएको छ ।
प्रधानमन्त्री देउवाले प्रचण्ड माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गर्ने क्रममा खटपट भएको हो ।
स्रोतका अनुसार प्रचण्ड र श्रेष्ठले एमसीसीबारे थप अध्ययन गर्नका लागि लेखेको पत्र र जवाफमा एमसीसीले प्रचण्ड र श्रेष्ठलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवासँग तनावको स्थिती बनेको हो ।
माओवादी केन्द्रका नेताहरुले उक्त पत्र अहिले किन सार्वजनिक गरियो भन्दै आपत्ति जनाएका छन् । तर, यसको जवाफमा प्रधानमन्त्री देउवाले आफुले पत्र सार्वजनिक नगरेको बताएका छन् ।
यसबैचीच आजै आइतबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार जाने भएका छन् ।
प्रधानमन्त्री देउवाले बोलाएको छलफलमा प्रचण्डलाई पनि निम्ता भए पनि उनी जाने नजाने टुंगो लागेको छैन् ।
सत्ता गठबन्धनमा उतारचढाव सिर्जना भएका बेला र ओली र प्रधानमन्त्री देउवाबीचको वार्तालाई अर्थपूर्ण तरिकाले हेरिएको छ । साभार: एसीपी