27.4 C
Birgunj
Homeसमाचारस्थानियदेउवा, ओली र दाहालबीच एमसीसी, स्थानीय निर्वाचनका विषयमा छलफल

देउवा, ओली र दाहालबीच एमसीसी, स्थानीय निर्वाचनका विषयमा छलफल

प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो छलफल भएको छ ।
देउवा प्रधानमन्त्री बनेको सात महिनापछि पहिलो पटक शीर्ष तीन दलका नेताको छलफल, संसदको अवरोध हटाउने पहल गर्न सभामुखको सरकारसँग आग्रह

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताहरूबीच आइतबार दिउँसो ४ बजेदेखि छलफल भएको थियो ।

ती नेताबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसिसी र एमालेले गरिरहेको संसद अवरोधलगायत विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी थिए । प्रधानमन्त्रीमा देउवा नियुक्त भएपछि समसामयिक विषयमा संसदका तीन ठूला दलका शीर्ष नेताको पहिलो पटक छलफल भएको हो ।

एमाले अध्यक्ष ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्दै आउनुभएको थियो । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गर्दै आएको थियो । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जानुभएको हो । ईमेजखबर

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here