16.4 C
Birgunj
Homeसमाचारस्थानियअर्थ राज्यमन्त्री द्वारा बारा का चर्चित संचार कर्मी आनन्द शर्मा सम्मानित

अर्थ राज्यमन्त्री द्वारा बारा का चर्चित संचार कर्मी आनन्द शर्मा सम्मानित

बारा, माघ १४

मधेस प्रदेशका अर्थ राज्यमन्त्री माननीय उषा यादव द्वारा नेपालका चर्चित राजनीतिक एवं मिडिया प्रशिक्षक एवं संचारकर्मी आनन्द शर्मा सम्मानित भएका छ्न ।

समाजको सकारात्मक परिवर्तनका लागि शर्मा बाट आवश्यक सहयोग पुग्नेछ भन्ने बिश्वास समेत रहेको राज्यमन्त्रीले बताए ।

शर्मा मधेस प्रदेश स्थित बारा जिल्लाको देवताल गाउँपालिकाको वडा नम्बर ५ टोल धुराहा निवासी हुन् । हाल वहाँ कलैया उपमहानगरपालिकाको वडा नम्बर ६ मा बसोबास गर्दै आईरहेका छ्न ।

उनले भोगेका असफलताहरु बाट नै पाठ सिकेर अब अरु नेपालीहरुलाई असफल हुनु नपरोस् भनी प्रशिक्षण पेशामा आएका हुन । शर्मालाई कतिपय व्यक्तिहरुले पागल तथा आफ्नो जीवनमा केही गर्न सक्दैन भन्ने समेत गर्द्थे । तर आज उनी सफलतापुर्वक प्रशिक्षक को रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत देशको नाम सहित आफ्नो नाम चिनाउन सफल भइरहेका छन् । जीवनमा असफलताहरु बाट नडराई निरन्तर प्रयास गरे सफलता अवश्य नै प्राप्त हुने कुराको एक उदाहरण समेत बनेका छ्न । शर्मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु द्वारा सम्मानित भईसकेका छ्न ।

जी न्यूज नेटवर्क प्रा. लि. का प्रबन्ध निर्देशक समेत रहेका शर्मा पत्रकार/एन्करको रूपमा पनि चर्चित रहेका छ्न ।

राजनीतिक तथा मिडिया प्रशिक्षणमा शर्माको लामो अनुभव रहेको छ । उनी आफ्नो तालिमहरु द्वारा धेरै  व्यक्तिहरूलाई राजनीति तथा सञ्चार क्षेत्रमा जीवन उकास्न प्रेरणा दिएका छ्न ।

आनन्द शर्मा आफ्नो प्रशिक्षणको माध्यमले सम्पुर्ण नेपाली हरुको मन जित्दै सफलताको बाटोमा हिडिरहेका छ्न । सम्पुर्ण नेपालीहरुलाई सफलता दिलाई राष्ट्रलाई समृद्ध बनाउने शर्माको उद्देश्य रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here