बिरगंज , माघ १२ गते बुधबार ।
८ महिना पछी जोगेस्वर ठाकुरको पारिवारिक मिलन भएको छ ।
परिवार का सदस्यहरुले उनको जीवन देखि को आशा नै मारिसकेका थिए तर मानवसेवा आश्रमको माया र प्रेमले ८ महिना पछी सुखद पारिवारिक पुर्न मिलन भएको छ ।
बारा जिल्ला कलैया बाड नम्बर १८ मोतिसर गाउँमा बिगत ४ बर्ष देखि फलामे साङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्थाबाट बितेको जेष्ठ महिनाको ३१ गते जोगेस्वर ठाकुरलाई उद्दार गरि मानवसेवा आश्रम बिरगंज मा ल्याएको थियो ।
उदार गरि मानवसेवा आश्रममा ल्याएर औषधि उपचार स्याहार सुसार माया र प्रेमले गर्दा ठाकुरको स्वस्थ स्थिती मा सुधार भएपछि ठाकुरलाई उनको परिवार सङ्ग् पारिवारिक पुनर्मिलन मानवसेवा आश्रमले गराएको छ ।
मानसिक अवस्था ठिक बनाउन मा अहम भूमिका डाक्टर भरत कुमार गोईत निर्वाह गर्नु भएको मानव सेवा आश्रमकि सानु गुरुङले जानकारी गराउनु भयो ।
अहिले मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना रहेको र देशै भरि ७ प्रदेशको १६ जिल्ला मा २५ वटा सेवा केन्द्र गरेर १६०० जना वृद्ध वृदा सानो नानीहरुको खाना, नाना र छानाको प्रवन्ध गर्दै आइरहेको सानु गुरुङले आजतक दैनिक डट कम लाई बताईन ।