अजित कुमार भुजेल
बिरगंज , माघ ०३ गते सोमबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लिलाई १ थान कम्प्युटर सेट उपलब्ध गराएको छ ।
बिरगंज महानगर पालिका वडा न.१४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीले २५ हजार मुल्य बराबरको १ थान कम्प्युटर सेट उपलब्ध गराएका हुन ।
सामुदायिक सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम सरार्फको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको प्रमुख आतिथ्य सामुदायिक सेवा केन्द्र परिसरमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष कुर्मिले केन्द्रका अध्यक्ष राम सरार्फ , वरिष्ठ उपाध्यक्ष जयलाल साह र सचिव दिलिप प्रधानलाई सन्युक्त रुपमा कम्प्युटर हस्तान्तरण गरेका थिए ।
अहिले युग बिज्ञान र प्रबिधिको युग रहेको हुदा हरेक क्षेत्र प्रबिधिमैत्री भइरहेको अवस्थालाई मध्यनजर गर्दै सामुदायिक सेवा केन्द्रक कार्यलाई प्रभावकारि र पारदर्शि बनाउनका लागि कम्प्युटर सहयोगि हुने वडा अध्यक्ष कुर्मिको बिस्वाश छ ।
वडा अध्यक्ष कुर्मिले यसअघि पनि सामुदायिक सेवा केन्द्र श्रीपुरलाई हरेक क्षेत्रमा सहयोग गर्दै आईरहेकोले खादा लगाई सम्मान स्वरुप मायाको चिनो दिएर सम्मान गरिएको केन्द्रका सचीव दिलिप प्रधानले जानकारी दिनु भयो ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सस्थापक सदस्य हिरा गिरि , सदस्य राजेश सिंह , अजित भुजेल , प्रहरी हवल्दार जयमंगल सहनि , प्रहरी जवान अमित यादबको उपस्थिति रहेको थियो ।