बिरगंज , माघ २ आईतवार
वीरगंज स्थित हरिखेतान कलेजमा ७ सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउन गएका नेविसंघका विद्यार्थी नेताहरुले कलेज परिसरमा हो हल्ला गरेका छन । कलेज प्रमुख डा.भगवान प्रसाद यादवले ज्ञापनपत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् ।
वीरगंजमा बिश्वविद्यालय निर्माणको नाममा भएको भ्रष्टचारलाई समेटेर तयार पारिएको ज्ञापनपत्र बुझाउन जादा डा.यादवले बुझ्न अस्विकार गरेपछि हो हल्ला गरेको उनीहरुले बताएका छन ।
कलेज प्रमुखले ज्ञापन पत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले ज्ञापन पत्र बाचन गरी एककपी टबलमा र कलेजको मुलगेटमा टाँसेका छन । नेविसंघ एकाई समितिका अध्यक्ष मनोज गुप्ताले भने अनुसार बुझ्न नमानिएको पत्र कलेजको भितामा टासिएको र तिन दिनको अल्टिमेटम दिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारि भीमकान्त पौडेललाई सो ज्ञापन पत्र बुझाईएको छ । बिश्वविद्यालयको निर्माणको नाउमा भएको अनियमितताको सत्यतथ्य बाहिर लाउनको निमित आफुहरुले ज्ञापन पत्र बुझाउन जादा कलेज प्रमुख डा.यादवले पन्छिएकोले जिल्ला प्रशासन कार्यालयमा बुझाईएको नेविसंघ प्रदेश दुईका सदस्य राहुल गुप्ताले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझाउन ठाराब नेविसंघ एकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा नेविसंघका बिधार्थी नेताहरु रोहित सिंह,बिटु,राहुत चौरसिया,सुवाष चौरसिया,शेष हजरा,तौफा अंसारी,दिन्नानाथ गुप्ता, बिजय चौरसिया,उपनेश चौरसिया,जेपी ठाकुर लगायतका हरिखेतान कलेज एवम् जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए ।
विद्यार्थी नेताहरुले बुझाउन गएका ज्ञापन पत्रमा :-
हरि खेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले सामुदायिक को विधि विधान अनुरूप संचालन हुनु पर्ने अर्थात सरकारि क्याम्पस झै क्याम्पस प्रमुख को कार्यकाल ३ वर्ष मा परिवर्तन भई रहनु पर्ने ।
२. सामुदायिक क्याम्पस भएकोले सरकारी क्याम्पस झै प्रत्येक संकाय को प्रत्येक वर्षमा नियमानुसार जम्मा विधार्थी भर्ना संख्या को २०% लाई अनिवार्य रूपमा निःशुल्क छात्रवृत्ति तथा उत्कृष्ट विधार्थीलाई छात्रवृत्ति दिनु पर्ने।
३. बिरगंज विश्व विधालय स्थापना को नाममा संकलित रकम को आज सम्मको हिसाब किताब पारदर्शी रूपमा सार्वजनिक गर्नु पर्ने साथै बिरगंज विश्व विधालय को कार्य प्रगति के?
४. त्तअअ त्रगबषिष्भम क्याम्पस भएकोमा त्ग को ग्न्ऋ ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ।
५. कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बषौ बषौ देखि कार्यरत हुँदा निजहरूको सन्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धि कायालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुवाट किन बन्चित गरेको।
६. हरिखेतान सामुदायिक क्याम्पसको रुपमा दातवाट समुदायमा हस्तान्तरण भए पश्चात् क्याम्पस ब्यवस्थापन समिति कुन प्रक्रियावाट गठन गर्ने गरेको।
७.करोडौंको लागतमा निर्माण भइरहेको छात्रावासमा सम्झौता अनुसारको सामग्रीहरुको प्रयोग नभएको देखिन्छ कारण के ? भनिएको छ ।
आफुहरुले उठाएको मग ३ दिन भित्र पूरा नभए कडा रुपमा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेताउनी दिएका छन ।