28.4 C
Birgunj
Homeसमाचारस्थानियभगवती बचत तथा ऋष्ण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न

भगवती बचत तथा ऋष्ण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न

 

वीरगन्ज, ३० पुुस                                             वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको भगवती बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार नेफकुनका संचालक हरेराम प्रसादको प्रमुख आथित्यतामा र संस्थाका उपाध्यक्ष छटुराउत अहिरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाका कार्यकारी निर्देशक रामनिवास देहातीले जानकारी दिनुुभयो । उक्त कार्यक्रममा शिवम् साकोसका राजेन्द्र जैसवाल,बचत संघ पर्साका संचालक कुन्दन पाल,राष्ट्रिय सहकारी बैंक वीरगन्जका प्रवन्धक संजय महतो,युवा स्वराज कोषका सुनिल रौनियार,मोहन अर्याल,कष्मिक बुढा,गगन सहकारीको राजेश राय,जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष अस्गर अली,दिब्य बचतका धर्मनाथ कुशवाहा,बिन्दवासिनीका मनुपटेल
डाँफे साकोसका कामेश्वर तिवारी,फूल साकोसका संदीप पटेल,ताज साकोसका ताज मंसुरी, महिमा साकोसका हृदयनाराण साह लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।
यसैबीच संंस्थाले यसै बर्षबाट स्थापना गरेको संस्थाकी संरक्षण अभिभावक एवम् संचालिता स्वर्गीय ब्यक्तित्वहरु बास्मतियादेवी अहिरिन, कलिता देवी यादवको स्मृतिमा रहेको पत्रकारिता पुरस्कारबाट नारायणी एफएम तथा बिबिसी नेपाली सेवाका कार्यरत पत्रकार माधुरी महतोलाई सम्मान गरेको छ । महतोलाई प्रशंसा पत्र सहित पत्रकारिता क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here