बिरगंज , मंसिर २४ गते शुक्रबार ।
बिरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलस्थित मुनलाईट माध्यमिक विद्यालयले स्काउट विन्टर क्याम्पको आयोजना गरेको छ । स्काउट बिरगंज महानगरपालिकाको सहयोगमा मुनलाईट मा.वि.ले २ दिने १ रात्री स्काउट विन्टर क्याम्पको आयोजना गरेको हो ।
शुक्रवार बिहान मुनलाईट मा.वि.को प्राङ्गनमा क्याम्पको उद्घघाटन समारोह सम्पन्न भएको छ । मुनलाईट मा.वि.का प्रधानाध्यापक श्याम केसीको अध्यक्षतामा भएको क्याम्पको
झण्डोत्तलन गरेर वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले उद्घघाटन गरेका छन् ।
उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर्णले स्काउटले जटिल परिस्थितीको सामना गर्ने क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै क्षमता अभिबृद्धि र व्यक्तित्व विकासका लागि स्काउट सहयोगी हुने कर्णको भनाई छ । निःस्वार्थ रुपमा समाजसेवा र सामाजिक काम गर्नेहरु स्काउटमा आवद्ध हुनुपर्ने कर्णको सुझाव छ । स्काउटले गर्ने जनचेतनामुलक कार्यक्रमहरुमा महानगरपालिका सहयोग र सहकार्य गर्न तत्पर रहेको पनि कर्णले बताए ।
त्यसैगरी एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले स्काउटमा आवद्ध भएपछि अध्ययनसँगै सामाजिक जिम्मेवारी पनि थपिने धारणा राखे । अन्तर्रािष्ट्रय मानवअधिकार दिवसकै दिनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मानवताको पाठ सिक्नका लागि पनि स्काउटमा आवद्ध हुनुपर्नेमा जोड दिए । केही पाउने भन्दा पनि देश र जनतालाई के दिने भन्ने सन्देश पनि स्काउटबाट प्राप्त हुने श्रेष्ठको भनाई छ ।
कार्यक्रमको बारेमा स्काउट पर्साका सचिव भुपनारायण पटेलले प्रकाश पारेका थिए भने मुनलाईट मा.वि.का शिक्षक एवम् सञ्चारकर्मी उज्जवल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उद्घघाटन सत्रको समाप्तीसँगै आजै बेलुका ६ बजेदेखि विन्टर क्याम्पअन्र्तगतका अन्य क्रियाकलाप सञ्चालन गरिने विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए ।
सो कार्यक्रममा स्काउटका बिद्यालक्ष्मी शाक्य , राजन जोशि , सन्चारकर्मि जगत राई , अजित भुजेल , संतोषमान रन्जितकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।