21.5 C
Birgunj
Homeसमाचारस्थानियरेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १९औँ बार्षिकोत्सव उतसाहको साथ मनाउने ।

रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १९औँ बार्षिकोत्सव उतसाहको साथ मनाउने ।

बिरगंज  मंसिर  १५ ।                                                                                                          मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १९औँ बार्षिकोत्सव साताव्यापि कार्यक्रम गरेर मनाउने भएकाे छ । साताव्यापि रुपमा मंसिर १८ गतेदेखी २७ गतेसम्म विभिन्न कार्यक्रम गरी बार्षिकाेत्सव मनाउने तयारी रहेको  रेडियाेले बताएको छ ।

बार्षिकोत्सवको अवसरमा मंसिर १८ गते शनिबार वीरगजको मुर्लिवगैचा स्थित आफ्नै रेडियो वीरगंजको परिसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिने  रेडियाे बिरगंज का अध्यक्ष ध्रुव साहले जानकारी दिए । वाहाले भने  विगत बर्ष झै   यस बर्ष पनि  आयाेजना हुने रक्तदान कार्यक्रममा ४ सय जनाले रक्दान गर्ने लक्ष्य हामी ले लिएको वाहाले  वताए ।

रेडियाे बिरगंज कै परिसर मा  आयाेजना हुने बृहत रक्दान कार्यक्रममा महिलाहरुलाई बढी प्राथमिकता दिने वाहाले  वताए । वाहाले  भने “महिलालाई नै बढी रक्तकाे आवश्यकता पर्छ तर महिलाहरु रक्दानदान गर्न डराउन्छन् । त्यही भएर कार्यक्रममा बढी भन्दा बढी महिलाहरुलाई सहभागी गराई रक्दान गराउनमा हाम्राे बिशेष ध्यान र प्राथमिकता रहेको  उनले बताए  ।

त्यस्तै , बार्षिकाेत्सवको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २५ गते वीरगंजको आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रम समेत  हुने अध्यक्ष साहले बताए । मंसिर २५ गते शनिबार दिउँसो १ बजे देखि आयोजना हुने बृहत सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैईसकेको  रेडियाे परिसर मै आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै उनले वताए ।

बृहत सांस्कृतीक कार्यक्रममा चर्चित कलाकारहरु प्रकाश सपुत, हेमन्त शर्मा, अस्मिता अधिकारी, एलिना चौहान, कमल खत्री, सन्जु अमात्य, सुनिल पंडित, कमेडियन सुबोध गौतमसहित कलिउड डान्स ग्रुप हेटौडाको बेजोड प्रस्तुती रहने छ ।

यस्तै, रेडियोको बार्षिकाेत्सवको अवसरमा मै मंसिर २७ गतेदेखि टिभी बीरगंजको नियमित प्रशारण समेत शुभारम्भ गरिने अध्यक्ष साहले जानकारी गराए । उनले रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रहेका टिभी वीरगंज, रेडियो पोखरीयालाई अझ बढी माया ममता र स्नेह प्रदान गरि जनताको पहरेदारको रुपमा स्थापित गर्न विगत अझै अगाडीमा दिन पनि सहयाेग गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुले मंसिर २५ गते आयाेजना हुने बृहत सांस्कृतिक कार्यक्रममा स्थानिय भाषा र लाेक सांस्कृतिलाई प्राथमिकता दिनु पर्ने सुझाव दिएका थिए । जवाफमा रेडियाेका अध्यक्ष साहले स्थानिय भाषा भाेजपुरी र सांस्कृतिलाई प्राथमिकता दिने प्रतिवद्धता समेत जनाए ।  पत्रकार सम्मेलनकाे सहजिकरण रेडियाे बिरगंज का  उज्वल घिमिरेले गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here