23.6 C
Birgunj
Homeसमाचारप्रदेशजनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु

जनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु

जनकपुरधाम, ३० भदौ

प्रदेश नं. २ का अस्थायी राजधानी जनकपुरमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि शुरु भएको छ ।

पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको पार्टीको भातृ संगठन समाज कल्याण विभाग पर्सा स‌ंयोजक सन्तोष साहले जानकारी दिए ।

उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।

दुई दिनसम्म चल्ने बैठकमा सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको स‌ंयोजक सन्तोष साहले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here