महेश सिह ११ भदौ सिरहा – लाहान लगायत जिल्ला भरिका निजी तथा संस्थागत विद्यालयहरु आज बिहिबार देखि संचालनमा आएका छन् । स्वास्थ मापदण्ड पालना गरि हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन हुने जानकारी एक पत्रकार सम्मेलनमार्फत गराईएको हो ।
लामो समय देखि विद्यालय बन्द रहेको कारण विद्यार्थीहरुको शैक्षिक र मानसिक स्तर तल झर्दै गएको भन्दै विद्यालय खोल्नुको विकल्प नरहेको वक्ताहरूले बताए ।
प्रत्यक्ष रुपमा पठनपाठन रोकिनुले बालबालिकामा नाकारात्मक प्रभाव परेको अभिभावकहरुबाट व्यापक रुपमा गुनासो आईरहेको ,’नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार तथा मेरि चिल्ड्रेन स्कुलका लहानका प्रिन्सिपल पाण्डव हमाल ठकुरीले जनाए ।
हमालले भने ‘ पढाइ रोकिनुको कारणले बच्चाहरु कुलतमा फस्न थालेका छन साथै कतिपय त मनोबैज्ञानिक रुपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा छन । यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खुल्न लागेको हो । ‘
कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरि विद्यालय संचालन गर्ने कार्यक्रम आयोजकले बताए ।
भदौ ९ गते बुधबार लहान स्थित उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराईएको हो । कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराईएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवस्यक भएको सो विज्ञप्तीमा जनाइएको छ ।
उनले ७७ औं जिल्लाको संक्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए । हमालको अनुसार विद्यालय सञ्चालनका विषयमा देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा पढाई संचालित भईसकेको जानकारी गराए ।
उता प्याब्सनका प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साहले लामो बन्दका कारण बाल मनोविज्ञानमा घातक असर पर्न थालेको बताएका छन । साहले भर्चुअल कक्षा सिराहाको लागि खासै प्रभावकारी नभएको जिकिर गरे