बारा, ०८ भदौ
कलैयामा शुरु भएको जेसिस सप्ताहको दोश्रो दिन सिनेटरी प्याड वितरण तथा सचेतना कार्यक्रम गरेको छ। कलैया सिटी जेसिज का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतामा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् वर्ष २०२१ अध्यक्ष सल्लाहकार जेसी धानीलाल साह सोनारले विशिष्ट अतिथि पन्नादेवी माध्यिमक विधालयका प्रअ मोतिलाल यादव लाइ सेनेटरी प्याडको कार्टुन दिइ कार्यक्रम उदघाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रमका संयोजक जेसी सन्दिप साहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन जेसी सावित्री शर्माले गरेको थियो ।
जेसिस सप्ताहको सात दिन सात कार्यक्रमहरु
जेसिज सप्ताह-२०२१ को पहिलो दिन कलैया सिटी जेसिज का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता र कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक जेसी टंकेश महतो कोइरी को संयोजकत्वमा कलैया अस्पतालमा कार्यक्रम शुभारम्भ तथा फलफुल वितरण भएको थियो ।
जेसिस सप्ताहको दोश्रो दिन कलैया सिटी जेसिज का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतामा प्रमुख अतिथि पूर्व अध्यक्ष एवम् वर्ष २०२१ अध्यक्ष सल्लाहकार जेसी धानीलाल साह सोनारले विशिष्ट अतिथि पन्नादेवी माध्यिमक विधालयका प्रअ मोतिलाल यादव लाइ सेनेटरी प्याडको कार्टुन दिइ कार्यक्रम उदघाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी सन्दिप साहको संयोजकत्वमा पन्नादेवी माध्यमिक विधालयमा सेनेटरी प्याड वितरण तथा सचेतना कार्यक्रम भएको हो ।
जेसिस सप्ताहको तेश्रो दिन कार्यक्रम संयोजक जेसी साबित्री शर्माको संयोजकत्वमा ने.रा.मा.वि. मदर्सामा लागु औषध तथा लैङ्गिक हिंसा सचेतना कार्यक्रम हुने ।
जेसिस सप्ताहको चौथो दिन कार्यक्रम संयोजक जेसी श्याम केशरीको संयोजकत्वमा सिम्बायोसिस+२ क्याम्पसमा Introduction of Jaycees & Motivational Program हुने ।
जेसिस सप्ताहको पाँचौ दिन कार्यक्रम संयोजक जेसी बिजय गिरीको संयोजकत्वमा ट्राफिक सचेतना मास्क तथा ज्याकेट वितरण कार्यक्रम हुने ।
जेसिस सप्ताहको छैठो दिन कार्यक्रम संयोजक जेसी सुभाष जैसवालको संयोजकत्वमा फेटा गाउँपालिकाको त्रिवेणीमा समापन तथा वनभोन कार्यक्रम हुने भनी कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहा बताए ।
जेसीज सप्ताहको आज दोश्रो दिनको कार्यक्रममा कलैया सिटी जेसिजका जेसी अनील कुशवाहा, जेसी सन्दीप बरै श्याम केशरी, नेजमुदिन अंसारी, संजय कुशवाहा, विजय कुशवाहा, बैंजु दास, लगायत को उपस्थिती रहेको थियो।