14.1 C
Birgunj
Homeसमाचारस्थानियभारतको स्वतन्त्रतामा गोर्खाली समाजको योगदानबारे चर्चा, वीरगंजका क्रियाशील पत्रकारहरुलाई जम्मु कस्मिरमा सम्मान

भारतको स्वतन्त्रतामा गोर्खाली समाजको योगदानबारे चर्चा, वीरगंजका क्रियाशील पत्रकारहरुलाई जम्मु कस्मिरमा सम्मान

 

जम्मु कस्मिर (भारत), २९ साउन ।
भारतको ७५ औ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारत स्वतन्त्रता प्राप्त गर्नमा नेपालीहरुको योगदानबारे चर्चा गरिएको छ । दिवसको पूर्वसन्ध्यामा भारतको जम्मु स्थित उद्योग वाणिज्य संघमा आयोजित नेपाली पत्रकारहरुको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै बोल्दै संघका अध्यक्ष अरुण गुप्ताले भारतको स्वतन्त्रता अभियानमा नेपाली गोर्खाली समाजको विशेष योगदान रहेको बताएका थिए ।
विगत लामो समयदेखि भारतमा बसोबास गरि भारतलाई सुरक्षा प्रदान गर्दै आएको तर राज्यले तिनीहरुलाई नै आफ्नो अधिकारबाट बञ्चित गरेको अवस्थामा यही २०१९ अगस्त ५ गते प्रधानमन्त्री नरेन्द्र मोदीले धारा ३५ (ए) र ३७० खारेज गरि तिनीहरुलाई भारतीय नागरिक सरह अधिकार दिएकोले खुशी व्यक्त गरेका थिए ।
भारतसँग भएको विश्वयुद्धमा २ पटक लडेका गोर्खाली सेनाका परिवारसँग भारत सरकारले सौतेनी व्यवहार गर्दै आएकोमा स्वतन्त्रता प्राप्त गराउने नेपाली गोर्खाली सेनाले विगत दुई वर्षदेखि मात्रै स्वतन्त्र भएको महसुस गरेको भन्दै गोर्खाली नेपाली पत्रकार सहित समाजका अध्यक्षलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा सहभागी गोर्खा समाजकी अध्यक्ष करुण क्षेत्रीले विगत २ सय वर्षदेखि बसोबास गरि देशको सुरक्षा गर्दै आएपनि आफूहरुको कुनै पहिचान नरहेको अवस्थामा यही २०१९ अगस्त ५ मा भारत सरकारले गरेको ऐतिहासिक निर्णयले आफूहरुलाई अधिकार पाएकोले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेकी छिन् । अहिले गोर्खा समाजका बालबालिकाहरुले आफ्नो अधिकार पाएका छन्, अध्ययन गर्न पाएका छन्, सरकारी निकायको उच्च स्थानमा जागिर खाने भएका छन् भन्दै अध्यक्ष क्षेत्रीले सरकारले आफूहरुलाई यति अधिकार दिएपनि केही अधिकार अझै बाँकी रहेको गुनासो पोखिन् ।
सरकारले आफूहरुलाई यहाँका नागरिक सरह अधिकार दिएपनि केही अधिकार कमिको कारण आफूहरु यहाँ जग्गा जमिन, घर खरिद गर्न सक्ने अवस्था नरहेकोले त्यो बाधा ब्यवधान हटाई दिन भारत सरकारसँग आग्रह गरिन् । उनले आफूहरु यहाँका प्रशासनीक निकायका परिवार सरह नै रहेकोले तिनीहरुले भारत सरकारबाट पाउने सेवा सुविधा आफूहरु पनि पाउनुपर्ने माग गरिन् ।
यसैगरि रिफियूजी समाजका अध्यक्ष लभराम गान्धीले सन् १९४७ मा भारत पाकिस्तान बटवारा हुँदा अहिले पाकिस्तान रहेको स्थान (तत्कालीन भारत) बाट घरवार छाडेर जम्मु कस्मिरमा आएर बसोबास गर्दै आएकोमा भर्खरै २ वर्षदेखि मात्रै आफूहरु स्वतन्त्रता प्राप्त गरेको बताए । भारत ७५ वर्ष अघि स्वतन्त्रता प्राप्त गरेको भएपनि आफूहरुले सन् २०१९ अगस्त ५ तारेखमा मात्रै स्वतन्त्रता प्राप्त गरेको बताए ।
भारत पाकिस्तान बट्वाराको समयमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको निर्देशनमा भारतीय नागरिक सरह नै अधिकार पाउने गरि यहाँ आएर बसोबास गरेको तर आफूहरु आफ्नो आधारकार्ड लगायत भोटरकार्डबाट बञ्चित हुँदै आएको अवस्थामा सन् २०१९ अगस्त ५ मा भएको ऐतिहासिक निर्णयले आफूहरु स्वतन्त्रता प्राप्त भएको भन्दै गान्धीले
गणतान्त्रिक मुलुकमा पनि आफूहरु लामो समयदेखि आफ्नो अधिकारबाट बञ्चित हुँदै आएको तर अहिले भारत सरकारले आफुहरुको अधिकार दिएको भन्दै प्रम मोदीलाई धन्यवाद दिए ।
यसरी नै बाल्यमिकी समाजका अध्यक्ष धारु भठ्ठीले भारत सरकारले दुई वर्ष अघि मात्रै यो दफाहरु खारेज गरे अधिकार दिएको कारण आफूहरुको स्वतन्त्रता दिवस सन् २०१९ अगस्त ५ देखि मात्रै शुरु भएको बताए । जम्मु कस्मिर सरकारले विगत ६० वर्ष अघि सरसफाई गर्नका लागि २७१ परिवारलाई ल्याएर जम्मु कस्मिरको विभिन्न स्थानमा राखेको तर हालसम्म यहाँको नागरिक सरह नदिई अधिकारबाट बञ्चित गर्दै आएको तर दुई वर्ष अघि मात्रै आफूहरुले आफ्नो अधिकार प्राप्त गरेकोले आफूहरु सन् २०१९ मा स्वतन्त्रता पाएको बताए ।
भ्रमणको क्रममा भारतको जम्मु स्थित पुगेका वीरगंजका त्रियाशील पत्रकारहरु धु्रव साह, वृजलाल पासवान, नरेश सर्राफ, हरिशंकर शर्मा, मनोज पटेल, अजय चौरसिया, शम्भु कुमार सुमन, अमित साह, बिनोद पटेल, उदय दास, सन्तोष साह, रन्जित चौरसियालाई उद्योग वाणिज्य संघले दोसल्लो ओढाई मायाको चिनो सहित सम्मान गरेको थियो । सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ जम्मुका बरिष्ठ उपाध्यक्ष अनिल गुप्ता, उपाध्यक्ष राजिव गुप्ता, महासचिव सौरव गुप्ता, सचिव राजेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।साभार News24

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here