वीरगञ्ज, १३ साउन ।
नेपाली कांग्रेसका युवा नेता कञ्चन झा तराई मधेश समन्वय
विभागको आमन्त्रित सदस्यमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य
तथा तराई मधेश समन्वय विभागका प्रमुख अजय कुमार चौरसियाले नेता झालाई
विभागको आमन्त्रित सदस्यमा नियुक्तमा गरेका हुन्।
मंगलबार सामाजिक सञ्जालको फेसबुकमा एक पोष्ट साझा गर्दै झाले आफु
विभागको सदस्यमा नियुक्त भएको जानकारी गराएका हुन् ।
यसअघि विभिन्न
सामुदायिक अभियान तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा मधेश मुद्दाको सशक्त
वकालत गर्दै आएका उनी विभागको सदस्यमा नियुक्त भईसकेपछि अब तराई मधेशको
मुद्दालाई पार्टीकोकेन्द्रिय तहसम्म प्रत्यक्ष पैरवी गर्नेछन्।
विभागको सदस्यमा नियुक्त भएका झाले कांग्रेसले आफु प्रति देखाएको विश्वासलाई
सधैँ कायम राख्न प्रतिबद्ध रहने बताएका छन् ।
उनी भन्छन्, “ यो अवसरलाई
सदुपयोग गर्दै नेपाली कांग्रेसले मप्रति देखाएको विश्वास कायमै राख्न हरदम कटिबद्ध
रहिरहने छु।
साथै, नेपाली कांग्रेसको मूल्यमान्यतालाई आत्मसात गर्दै तराई–मधेश
समन्वय विभागको उद्देश्यअनुरूप अघि बढ्ने प्रतिबद्धता पनि जनाउँदछु। भनी आजतक दैनिक लाई बताए ।