वीरगंज, ३१ असार ।
महिलालाई जबरजस्ती करणी गरेको अरोपमा पर्साका दुई जना ट्रक चालक आज पक्राउ परेका छन् भन्ने अन्य दुई जना फरार भएका छन् ।
रूकुम जिल्ला घर भएकी १९ बर्षीया महिला काठमाण्डौँको कलंकीबाट २७ गते आईतबार विहान बुटवल जाने भनि २ बर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा चढी यात्रा गरेकोमा सो ट्रकका चालक पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं.२१ बस्ने सुनिल महत्तोले चितवन रामनगर सम्म ल्याइ महिलालाई जबरजस्ती करणी समेत गरी सोही २ दिन पछी २९ गते मंगलबार दिउँसो १ बजे को समय मा अर्को ट्रक ना.६ ख ३३६९ नम्बरको गाडी चढाइ पठाए पछी उक्त ट्रकका चालक पर्सा जिल्ला पोखरिया न.पा.वडा नं.६ बस्ने बर्ष २५ को शिववालक महत्तोले वुटवल जाने भनि महिला लाई वीरगञ्जमा ल्याइ सहचालक र अर्को एक व्यक्ति समेतले पटक–पटक जबरजस्ती करणी गरी ३० गते बुधबार ४ बजे वीरगञ्ज माहानगरपालिका वडा नं.१७ स्थित ड्राईपोर्टमा छोडेर गएपछि अलपत्रमा परेकी महिला लाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी गस्ती टोलीले उद्धार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पीडित महिला संगको सोधपुछको आधारमा प्रहरीले चालक सुनिल महत्तो र शिववालक महत्तोलाई गाडी सहित पक्राउ गरीएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको छ । पक्राउ परेकाहरु विरूद्द जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।